• लोकप्रिय बन्दै कमल ओलीको “चर्कायौ यो छाती” (भिडियो)

    म्यूजिक खबर
    प्रकाशित: १० माघ २०७४, बुधबार

    माघ १०, काठमाडौं । मेसना डिजिटल प्रालीको प्रस्तुतिमा कमल ओलीको “चर्कायौ यो छाती”को म्युजिक भिडियो सार्बजनिक भएको छ । कमल ओलीको प्रस्तुती तथा लय सिर्जना रहेको गीतमा शव्द पवन ओलीको रहेको छ ।

    चर्चित लोक तथा दोहोरी गायीका बिष्णु माझी र कमल ओलीको स्वर रहेको उक्त गितको म्युजिक भिडियो अहिले सांगितिक बजारमा लोकप्रिय बन्दै गएको छ । मोडल बिमल अधिकारी र सारिका केसीको अभिनय रहेको गितको भिडियोमा कपिल लामाको निर्देशन रहेको छ ।

    छायांकन सुरेश श्रेष्ठले गरेका छन् , भने भिडियो सम्पादन सुजन शाहीले गरेका छन् । दृष्य निर्माण लगायत अडियो तथा भिडियोलाई मेशना डिजिटल प्रा.लीे मार्फत बजारमा आएको छ ।

    हेर्नुहोस भिडियो:

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु