• विर्तामोड महोत्सवमा जुनाले झुमाइन् दर्शक !

    म्यूजिक खबर
    प्रकाशित: १६ पुष २०७४, आईतवार

    पुष १६, काठमाडौं । महासंघ नगर समन्वय परिषद् बिर्तामोडको आयोजनामा बिहीबारदेखि १३ दिने ‘प्रदेश नं. १ प्रथम नेपाल आदिवासी जनजाति महोत्सव’ भइरहेको छ ।

    आदिवासी जनजातिहरुको संस्कृति, रीतिरिवाज तथा भेषभुषाको प्रर्वद्धन गर्ने र पहिचान झल्काउने उद्देश्यका साथ आयोजना गरिएको प्रथम जनजाति महोत्सवमा चर्चित गायिका जुना प्रसाईंले उपस्थित दर्शकलाई झुमाएकी छिन् । उनले नदेखेको भए हुन्थ्यो.., कम्मर मर्काई.. मखमली चोली.., डाँडा पारी.., मात लाग्यो लगायतका लोकप्रिय गीतहरु प्रस्तुत गरेकी थिइन् ।

    महोत्सवमा अन्य ख्यातीप्राप्त राष्ट्रिय कलाकारहरु ज्योती मगर, धिरज राई, सुरबिर पण्डित, भरत सिटौला, कमल खत्री लगायतको पनि प्रस्तुति रहेको थियो ।

    महोत्सवमा करिव १२४ स्टल रहेका छन् एवं बिर्तामोड नगरपालिका भित्र सूचिकृत रहेका २२ जातजाति आदिवासीको पहिचान झल्कने आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् विर्तामोडका विरेन मेचेले हामीलाई बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु