• संगीतकार चेतन सापकोटा ‘एकल साँझ’ लिएर आउँदै !

    म्यूजिक खबर
    प्रकाशित: २७ पुष २०७४, बिहीबार

    पौष २७, जापान । थुप्रै हिट गीतहरुमा संगीत भरेका चर्चित संगीतकार चेतन सापकोटा एकल साँझमा प्रस्तुत हुने भएका छन् । करिब एक महिनाको बसाइको लागि यतिबेला जापानमा रहेका सापकोटा जापानमा नै एकल साँझमा गुञ्जने भएका हुन् ।

    आगामी शनिबार अर्थात यही जनवरी १३ का दिन जापानको सिनोकुवो स्थित सोलमारी मुरा हलमा ‘चेतन सापकोटा एकल साँझ’ हुने भएको हो । प्रवासी नेपाली मञ्च जापान र नेपाली प्रगतिशिल मञ्च जापानको आयोजनामा हुने जानकारी स्रोतले दिएको छ ।
    यस अघी पनि उनले जापानका धेरैजसो शहरमा थुप्रै शोहरु सम्पन्न भईसकेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु