• सञ्जीवको भिडियोमा पल र करिश्माको रोमान्स (भिडियो)

    म्यूजिक खबर
    प्रकाशित: १० मंसिर २०७४, आईतवार

    मंसिर १०, काठमाडौं । अभिनेता पल शाह तथा मोडल करिश्मा ढकालको रोमान्टिक अभिनयसहितको एउटा म्युजिक भिडियोले कम समयमै दर्शकको मन जितेको छ । अष्ट्रेलियाको सिड्नीमा बसोबास गर्ने युवा गायक सञ्जीव खरेलले आफ्नो सांगीतिक जीवनकै पहिलो म्युजिक भिडियोमा पल र करिश्मालाई फिचर गरेका हुन् । आफ्नै शब्द, संगीत तथा स्वरमा तयार पारिएको ‘मेरो माया…’ शीर्षकको गीतमा पल र करिश्माको जोडी आकर्षक देखिएको छ ।

    गोपाल रसाइलीद्वारा संगीत संगीत संयोजन तथा मिक्सिङ गरिएको उक्त गीतको म्युजिक भिडियोमा वियोगान्त रुपमा टुंगिएको एउटा प्रेम कथालाई चित्रण गरिएको छ । उक्त म्युजिक भिडियोको निर्देशन लक्ष्मण पौड्यालले गरेका हुन् । नेपाल आइडलको निर्देशन गरेर चर्चामा आएका निर्देशक पौड्यालले यो भिडियोमार्फत आफ्नो निर्देशकिय क्षमता प्रमाणित गरेका छन् । गीतका शब्दले व्यक्त गरेका भावनालाई भिडियोका दृष्यहरुमार्फत व्यक्त गर्न निर्देशक पौड्याल सफल देखिएका छन् ।

    भिडियोमा प्रस्तुत गरिएका आकर्षक लोकेशनलाई क्यामरामा कैद गर्ने काम छायांकार अर्जुन तिवारी तथा उनको समुहले लिएको छ । निशान घिमिरेले यो भिडियोलाई सम्पादन गरेका हुन् ।

    यस्तो छ मेरो मायाको म्युजिक भिडियो :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु