• सुरेन्द्र महर्जनको १६ औं कृति ‘अमर–२’ सार्वजनिक !

    म्यूजिक खवर
    प्रकाशित: ६ पुष २०७४, बिहीबार

    पुष ६, काठमाडौं । राजधानीमा हालै कवि, गीतकार, गायक, चित्रकार एवं साहित्यकार सुरेन्द्र महर्जन “अमर” को १६ औं कृति “अमर-२” गीति एल्बम गीतकार संघका अध्यक्ष चुडामणी देवकोटाबाट सार्वजनिक भएको छ । अमर-२ गीति एल्बम ओएसनेपालको प्रस्तुतिमा बजारमा निस्किएको छ ।

    सात वटा गीत समाबेश उक्त एल्बममा सुरेन्द्र महर्जन “अमर” कै रचना अनि मेलिना राई, शिव परियार, शिखा भारती, सबिन लिम्बु, निता थापामगर, दिना थानी र स्वयं रचनाकार सुरेन्द्र महर्जन कै स्वर रहेको गीतहरू म भन्दा नि, आशा मर्दै गयो, मरेर जल्छु, वीर नेपाली, तड्पिएर बाँच्ने, दु:ख र सुख गीतहरू रहेका छन् । राम कार्की, सन्तोष श्रेष्ठ र राज कुमारको संगीत अमर-२ मा रहेको छ । बजारमा निकै चर्चामा रहेको तर एल्बमको रूपमा आई नसकेका चर्चित गीतहरू यस एल्बममा समावेश छन् ।

     उक्त कार्यक्रममा सुरेन्द्र महर्जन”अमर” कै रचनाको एउटा गीतको म्युजिक भिडियो संगीता रायमाझीको स्वर/संगीत रहेको
    “हावाहुरी चलेपछि झनै याद आयो तिम्रो बिर्सू कसरी
    मनमा सजाएछु याद भन्नू प्यार मेरो जसरी”
    गीतको भिडियो पनि सार्वजनिक गरिएको छ ।

    संचारकर्मी तथा भिडियो निर्देशक सरोज श्रेष्ठको निर्देशनमा रक्षा आचार्य र निराजनको अभिनय रहेको छ । निर्देशकबाट चर्चित भिडियोहरू जस्तै वीर नेपाली, जे होला होला, निर्दोष यी, लेख्नै परे जस्ता तीन दर्जनभन्दा बढी भिडियोको निर्देशन गरिसकेका छन् ।

    कार्यक्रमको सभापतित्व ओएसनेपालका तर्फबाट विवेक कार्कीले गरेका थिए ।  उहाँले तीन दशक भन्दा लामो समयदेखि साहित्य, गीत, संगीत र चित्रकारीतामा लागेको कारण कवि, गीतकार, गायक, चित्रकार एवं साहित्यकार सुरेन्द्र महर्जनलाई सम्मान स्वरुप ओ. एस म्युजिक अवार्ड लाईफ टाइम एचिभेन्ट अवार्ड-२०७४ बाट सम्मानित गरेको र उहाँकै कृति प्रकाशित गरेको जानकारी दिए ।

    कार्यक्रममा कवि, गीतकार तथा गायक दिनेश थानीले स्वागत मन्तव्य दिएको उक्त समारोहमा वरिष्ठ गीतकार चुडामणी देवकोटा, संगीतकार राजु सिंह एल्बमको बारेमा बोलेका थिए ।

    भक्तपुर पत्रकार संधका अध्यक्ष एवं गीतकार पुष्पराज बुढाथोकी”साउँतेली” ले कार्यक्रम संचालन गरेका थिए । ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु