• १४ दिनमै सुभाषले ल्याए विभान

    म्यूजिक खबर
    प्रकाशित: २७ मंसिर २०७३, सोमबार

    मङ्सिर २७, काठमाडौं ।  गायक सुभाष ढुंगानाले विभान आधुनिक एल्बम बजारमा ल्याएका छन् । अष्ट्रेलियाबाट नेपाल आएको १४ दिनमा सुभाषले एल्बमलाई सार्वजनिक गर्न सफल भएका हुन् । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सुभाषले एल्बमलाई सार्वजनिक गरेका हुन् । गजलकार डा.कृष्णहरि बरालको प्रमुख आतिथ्यतामा विभानलाई सार्वजनिक गरिएको हो ।

    suvash-dhungana_vivaan
    चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय, वरिष्ठ संगीतकार राजु सिंह, संगीतकार हरि लम्साल, गायक यम बराल, निर्देशक निर्मल शर्मा लगायतको आतिथ्यता रहेको कार्यक्रमलाई प्रदीप निरौलाले संचालन गरेका थिए ।

    सुभाषले आफ्ना पुराना दिनमा एल्बम गर्दा ठूलो धोका खाएको बताएका थिए । उनले अनामनगर र पुलीसडकमा आउन आफूलाई डर लाग्ने बताउँदै कार्यक्रममा बोल्दा निकै भक्कानिएका थिए । १४ दिनमा पनि एल्बम आउँदो रहेछ सुभासले भने अब ६ महिनामा अर्को एल्बम लिएर आउँछु ।

    vivaan
    एल्बम सार्वजनिकपछि अतिथिहरुले सुभाषलाई शुभकामना दिँदै १४ दिनमै एल्बम निकाल्नु आफैंमा चुनौति भएको बताएका थिए । बजारमा एल्बम बिक्री नभए पनि गीतसंगीतमा समर्पित हुनु भने ठूलो कुरा भएको बताएका थिए । पैसाभित्र कला छ कलाभित्र पैसा छैन अहिलेको अवस्था यसरी नै अगाडि बढेको अतिथिहरुले बताएका थिए ।

    एल्बमभित्र ५ वटा गीत समावेश गरिएको छ । मनको मान्छे, म आधा, तिमीसँगै, अनुरोध, घर गरे पो जस्ता गीत रहेका छन् । जसमा चर्चित ढुंगेल, सन्तोष थपलिया, शून्य प्रकाश, डा.कृष्णहरि बरालको शब्द रहेको यस एल्बममा अर्जुन पोखरेल, न्ह्यू बज्राचार्य, हरि लम्साल, राजु सिंहको संगीत रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु