अन्जु पन्तलाई खुल्ला पत्र : शिब सुबेदी

म्यूजिक खबर
प्रकाशित: ३० भाद्र २०७१, सोमबार

अन्जु दिदि

नमस्कार !

 म हिन्दु धर्ममा विश्वास गर्ने मनिस हुँ, हाम्रो धर्ममा नारीलाई देवीको रुपमा सम्मान गरिन्छ र त्यो सम्मान तिमिलाई नि गरेको छु | हिजोआज करिब एकहप्ता देखि तिम्रो बारेमा नेपाली समाचारपत्रहरुमा सामाजिक संजालहरुमा धेरै प्रकारका विचारहरु देख्दै आईरहेको हुनाले आफ्नो धारणा राख्नको लागि यो खुलापत्र लेख्ने अनुमति चाहन्छु |

अन्जु, तिमिले हिन्दुवादी शब्द  भएको गित गाउदीन भनेर भन्यौ भन्ने आरोप हो तिमिमाथि लगाइयाको र ति आरोप माथि टेकेर धेरै हिन्दु धर्म मान्नेहरुले तिमीलाई गलत नजरबाट हेरिरहेका छन् र अर्काको धर्मलाई अपमान गरेको आरोप पनि लगाईरहेका छन् तिमीले त्यसरी हिन्दुधर्म लाई अपमान गरेकी हौ कि हैनौ त्यो तिम्रो आत्मा लाई थाहा होला तर तिमीले हिन्दुवादी सब्द गाउदिन भन्नु एक अर्थमा गलत पनि हो किनकि तिम्रो कर्म नै गित गाउनु हो | तिमीलाई त्यो स्थानमा पुर्याउने पनि हिन्दु धर्म मान्नेहरु नै हुन् र तिमीले हिजो  हिन्दु धर्म मान्दिन म क्रिस्चियन भएँ भन्दा पनि तिमीलाई कसैले गलत तरिकाले हेरेनन् किनकि धार्मिक स्वतन्त्रतालाइ नेपालीहरुले स्वीकारिसकेका थिए, तर आज तिमीले हिन्दुवादी गीत गाउदिन भन्ने अभिव्यक्ति दिदा तिम्लाई राम्रो मान्ने हिन्दुहरु नै छैनन् भन्दा नि फरक पर्दैन | यस्तो किन भयो यो राम्रोसग बुझ्नु पर्ने हो तिमीले | जसरी तिमीले आफ्ना भनाइहरु राख्ने क्रममा बोलेकी छौ – म मण्डलीमा गएर प्राथना गरेपछि निको भएँ भन्ने कुरा त्यसमा व्यक्तिगत रुपमा म सहमत हुन सक्दिन तिम्रो भाग्य तिमि जन्मिदाखेरी नै लेखिएको थियो अन्जु | तत्कालिन समयमा तिम्रो पारिवारिक जिबन पनि अफ्ठेरोमा पर्नु , शारीरिक , मानसिक यातना सहनु पर्ने आदि इत्यादि कारणले तिमि पिल्सिएको बेलामा प्रभुको शरणमा पुगेउ होला त्यसलाई मैले गलत मान्दिन किनकि मान्छेले आफुलाई मार्न भन्दा बौलाउन तिर लाग्छ सबैले गर्ने पनि त्यै हो |

anju panta

तर प्रभुकै शरणमा गएर निको भएको हैन, मेरो बिचारमा ति सबै संयोग मात्र थिए | अझ अन्जु तिमीले आफ्नो जिन्दगी गीत संगीतका लागी समर्पित गरेउ तिम्रो कर्म नै गीत गाउनु हो तर आज किन धर्म र कर्मलाइ चिन्न सकेनौ ? तिम्ले जुनसुकै धर्म मान तिम्रो स्वतन्त्रताको कुरा हो तर तिमीले आफ्नो कर्म गर्ने पर्छ यदि तिमि गायिका भैरहन चाहने हो भने | साच्चै तिमीले क्रिस्चियन धर्म मानेकै आधारमा हिन्दुवादी शब्द गाउनु हुदैन भन्ने तर्क प्रस्तुत गर्छेउ भने तिमीले क्रिस्चियन धर्मलाई पनि नबुझेको ठहर्छ | तसर्थ तिमि त्यो बारेमा प्रष्ट भएर सबै प्रकारका गीतहरु गाउन तर्फ लाग्नु नै तिम्रो बुद्धिमानी ठहरिनेछ |

अर्को पाटो बाट हेर्दा तिमीले हिन्दुवादी शब्द भएका गीत गाउदिन भन्नु पनि तिम्रो व्यक्तिगत तथा धार्मिक स्वतन्त्रता  कुरा हो | तिमि म माथि अन्याय भयो भनेर अदालत गयेउ भने पनि तिमीले न्याय पाउन सक्ने आधारहरु धेरै छन् तर अन्जु यति भन्दै गर्दा पनि बिर्सन नहुने कुरा नेपालमा करिब ९० % नेपालीहरु हिन्दु धर्म मान्छन |

पटक पटक तिमीले जान अन्जानमा भएका गल्तीमा माफी मागिसकेको अबस्थामा कतिपय मानिसले तिम्रो बिरुद्धमा लगातार लेखिरहे, सामाजिक संजालहरुमा तिम्लाई गालि गर्नैका लागी हजारौ नयाँ फेसबुक एकाउन्टहरु बने , कतिपयले पत्रिकालाई पनि प्रयोग गरे | अझ डरलाग्दो कुरा त हिन्दुवादी केहि संस्थाहरुले तिमि माथि प्रतिकार गरे सम्मको विज्ञप्ति निकाले | धर्म निरपेक्ष राष्ट्र नेपालमा कसैले अर्काको धर्म सम्बन्धि गीत गाउदिन भनेकै आधारमा उसको व्यक्तिगत जिबन माथि नै धावा बोल्नु कत्तिको उचित हो त्यो सम्बन्धित पक्षलाई थाहा होला तर अन्जु तिमि यस्ता विज्ञप्ति र सामाजिक संजालमा आएका प्रतिक्रियाबाट डराएउ भने तिम्रो हार हुने छ |

भगवानले त अन्जानमा भएको गल्तीलाइ माफी दिन्छन हामी त मान्छे हौँ , पटक पटक गल्तिको महशुस गरेसकेर माफी माग्दा पनि तिमीमाथि लगातार प्रहार हुन्छ भने त्यो सबैभन्दा गलत हुन जान्छ | कसैले बहिस्कार गर्छु भन्दैमा तिमि बहिस्कृत हुदिनौ अन्जु | तिमीलाई तिन करोड नेपालीले नारायण गोपाल पछिको नेपाली सांगीतिक क्षेत्रमा उदाएकी एउटा चम्किलो ताराको रुपमा स्वीकारिसकेका छन् | तिम्ले यस्तो अफ्ठेरोमा कुनै कलाकारले पनि सहयोग गरेनन भनेर चित्त नदुखाउ तिम्रो पक्षमा सबै कलाकारहरु छन् तर अगाडी आएर बोल्ने अवस्था छैन | तिमीले गाएका गीतहरु प्रतिबन्ध गर्नु भनेको ति गीत लेख्ने गीतकार , संगीत भर्ने संगीतकार लगायत सम्पूर्ण पक्षप्रति प्रतिबन्ध गर्नु हो , त्यो बाटोमा कोहि लाग्छ भने त्यो सबैभन्दा ठुलो भुल हुनेछ र यी राष्ट्रका धेरै गीतकार, संगीतकारहरुकै  अपमान हुनेछ | तसर्थ यो देश नेपाल हो हाम्रो चेतना स्तर  अलिक कम्जोर हुदा धेरै पटक देशका राम्रा प्रतिभाहरुलाई पिडा परेको छ अझ हिजोका दिनमा कतिपय राम्रा सेलिब्रिटीहरुले मिडिया प्रोपोगान्डाको कारणले आफुलाई यो धर्ति बाट नै बिदाइ गरिसकेको पृष्ठभूमिमा अन्जु तिमि एक साहसिक नारी हौ, हाम्रो सम्मान छ तिमि प्रति |

अन्जु , तिमिले मनमा गलत बिचारहरु नखेलाउ | तिमीले हामी नेपालीको बारेमा पनि सोच्नु पर्छ यदि तिमिमाथि थोरै पनि तल माथि केहि भयो भने त्यसको परिणामलाइ नियन्त्रणमा लिन नेपाल सरकार मात्र हैन विश्वका कुनै पनि सरकार सफल हुने छैनन् | तसर्थ तिमीले गल्ति स्वीकारिसकेको अबस्थामा अब तिमि फेरी हिजोकै स्थानमा हुनेछौ | यदि अझै पनि तिमीलाई कसैले ब्यतिगत रिसकोकारणले वा कुनै अरु कारणले पनि प्रहार गरिरहन्छ भने तिमीले पनि न्याय पाउनु पर्छ हामी तिम्रो पक्षमा हुनेछौ | मैले भनेको मान्ने हो भने सबै प्रकारका गीत गाउ यदि गाउन मन छैन भने पनि त्यो तिम्रो स्वतन्त्रता हो तर धार्मिक सहिष्णुतामा खलल न आओस हाम्रो चाहना यहि छ |

अन्त्यमा , अन्जु तिमीलाई परेको पिडामा हामी पनि दुखेका छौं  | हामी नेपाली सानो कुरामा पनि भावनामा बगेर धेरै प्रतिक्रिया जनाई हाल्छौ र पछाडी पछुताउछौं यो हाम्रो संस्कार जस्तै भैसकेको छ तसर्थ यो संस्कारलाई पनि ख्याल गर्दै तिमीले समुन्द्र जस्तै मन , आकाश जस्तो हिर्दय बनाएर अब फेरी सांगीतिक यात्राको लागि जमर्को गर्ने पर्छ यसका लागि हामी सबैले तिम्रो सुख दुख बाड्न तयार छौं |

तिम्रो शुभचिन्तक

शिब सुबेदी

shibashibani@gmail.com

किर्तिपुर काठमाडौं

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु