अन्तराष्ट्रिय लोक सांस्कृतिक मेलामा नेपालको प्रस्तुति उत्कृष्ट !

म्यूजिक खबर
प्रकाशित: २५ असार २०७४, आईतवार

काठमाडौं । सांस्कृतिक आदान-प्रदान गर्दै नेपाललाई बिश्वसामु परिचित गराउदै आइरहेको एभरेष्ट नेपाल कल्चर ग्रुपले हाल नेदरल्यान्डको वार्फममा सम्पन्न ५२ औ अन्तराष्ट्रिय लोक सांकृतिक  मेलामा नेपालको तर्फबाट गौरबमय प्रस्तुति दिएर फर्किएको छ | १६ राष्ट्रको सहभागिता रहेको मेलामा नेपालको तर्फबाट एभरेष्ट नेपाल कल्चरल ग्रुप सहभागी भएको थियो |

everest cultural group

एभरेष्ट नेपालका कल्चरल ग्रुप प्रमुख रामचन्द्र कोइराला ( आर.सी )को संयोजकता तथा ग्रुपका निर्देशक मिराज कोइराला र सीतल आचार्य (सिता)को अगुवाईमा गएको टोलीले नेपालको परम्परागत लोक संस्कृति झल्काउने नृत्य प्रस्तुत गरेको थियो | उक्त मेलामा नेपालको तर्फबाट झ्याउरे, तामाङ, झोडा, सतार , शेब्रु, धिमाल, सोरठीका साथै दर्जनौ नृत्यहरु प्रदर्शन गरिएको थियो|

मेलालामा ग्रुपका प्रमुख रामचन्द्र कोइराला (आर.सी), निर्देशक मिराज कोइराला र सितल आचार्य (सिता) अनि नृत्य तर्फ सपना महर्जन, अनिता अधिकारी (अनु), सिमरन शाही, प्रमिला रिजाल, एलिना राइ, अनित थापा मगर, प्रियंका मगर, शम्भु शाही, कृष्ण रेउले, रुपिन डंगोल, उदिराम खड्का, माइकल मगर, प्रकाश न्यौपाने, बासुदेव भट्ट, तथा बध्यबादन तथा गायक गायिका तर्फ बरिष्ठ बासुरीबादक राम बहादुर भुजेल,बरिष्ठ गायक दुर्गा रायमाझी, बरिष्ठ बाध्यबादक धनेश्वर तिवारी,गायक रामप्रसाद पाण्डे, कृष्णकाजी डंगोल, गायिका रिता बुढाथोकी भुजेल र बिर बहादुर मगर सहभागी थिए भनि अफिसियल फोटोग्राफर डेक प्रसाद अधिकारी (गोपाल) थिए |

rc koirala-nepali typical dance

शो अवसरमा ग्रुपका निर्देशक मिराज कोइराला र सितल आचार्यले वार्फम नगरपालिका प्रमुख, उपस्थित सम्पूर्ण महानुभाब तथा आयोजकलाई भेटि नेपालमा सास्कृतिक पर्यटन प्रबर्दन गर्न सकिने बारे र भविष्यमा यस सम्बन्धि बिशेस कार्यक्रम सरकारी तथा गैर सरकारी निकायहरुको सहयोगमा गर्न सकिने बताउनुभयो |

“मेलामा सहभागी जनाउदा कतिपय  राष्ट्रका नागरिकले नेपालको नामै नसुनेको, सगरमाथा (एभरेष्ट ) कहाँ पर्छ भन्ने  पनि थाहा नभएको, बुद्ध जन्मियको ठाउँ भन्ने पनि थाहा नपाएको देखिन्छ त्यतिबेला आफ्नो मननै भक्कानिएर आउछ, एकदमै दुख लाग्छ |” प्रमुख रामचन्द्र कोइरालाले भन्नु भयो| उहाले अगाडि भन्नु भयो “नेपाल र नेपालीको प्रतिनिधित्व गर्दै नेपाली संस्कृतिलाइ बिश्वब्भर लागि नेपाललाई चिनाउने र नेपाली सस्कृति मार्फत बिश्वभर राजदुतको काम गर्ने कलाकार तथा सस्थालाई राज्यले बेवास्ता गरेको हुदा दुखलाग्छ | कला सस्कृतिलाई प्रबन्धन तथा गर्ने कलाकार राष्ट्रको सम्पति हुन् भन्ने कुरा राज्यले बुझ्न गरुरी छ|”

nepali folk dance

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु