अब डिसी म्यूजिक भिडियोको दुनियाँमा

म्यूजिक खबर
प्रकाशित: २८ मंसिर २०७३, मंगलवार

मङ्सिर २८, काठमाडौं । चलचित्रको निर्देशन, अभिनयमा छुट्टै छाप छोड्न सफल निर्देशक दिनेश डिसी अब म्यूजिक भिडियोको दुनियाँमा पनि अभिनय गर्न थालेका छन् । आवाजको दुनियाँको साथीका रुपमा परिचय स्थापित गराएका डिसीले ट्वाक्क टुक्क हाँस्य सिरियलदेखि ट्वाक्क टुक्क रिटर्नससम्म आइपुग्दा धेरै चलचित्रहरुमा निर्देशन र अभिनय गरेका छन् । अभिनेताका रुपमा आफूलाई चलचित्रको मुख्य क्यारेक्टरसमेत गरिसकेका डिसीले मायाज बार, ६ एकान ६ लगायतका आधा दर्जन चलचित्र पनि निर्देशन गरेका छन् ।

tulasi-ghimire
आवाजको दुनियाँबाट चर्चा पाएका डिसी अब भने म्यूजिक भिडियोको दुनियाँमा जम्दैछन् । डिसीले आफ्नो निर्देशनमा एकैचोटी ७ वटा भिडियो बजारमा ल्याउन लागेका हुन् । अन्जु पन्तको स्वरमा रहेको गीतमा मिथिला शर्माले अभिनय गरेकी छन् भने रामकृष्ण ढकालको स्वरमा रहेको गीतमा तुलसी घिमिरेले अभिनय गरेका छन् । त्यस्तै कृष्ण ढकालको गीतमा अशिश्मा नकर्मी र गजित विष्ट, जित लिम्बूको गीतमा सुष्मा कार्की र सुरेनले अभिनय गरेका छन् । डिसीले दुईवटा म्यूजिक भिडियोमा कोरियोग्राफ समेत गरेका छन् । अन्य म्यूजिक भिडियोमा गोविन्द राई र सुरेन बसेलको कोरियोग्राफ रहेको छ ।

mithila-sharma gajisma govinda-rai

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु