आलापको ७ गीत कस्ता होलान् ?

म्यूजिक खबर
प्रकाशित: १० पुष २०७३, आईतवार

पौष १०, काठमाडौं । आलाप रेकर्डिङ स्टुडियो गीतसंगीतको क्षेत्रमा क्रियाशील एउटा संस्था हो । जुन संस्थाभित्र आलाप रेकर्डिङ स्टुडियो मात्र नभएर उत्पादन बितरण, यूट्यूब, एरेन्ज, म्यूजिक भिडियो निर्माण लगायतका कामहरु एकै ठाउँमा हुने गरेको छ । गीतसंगीतको क्षेत्रका विविध पक्षलाई एउटै छाता मुनी राख्दै काम गर्दै आएको आलाप रेकर्डिङ स्टुडियोले एकैपटक ७ गीतलाई सार्वजनिक गरेको छ । अब यी ७ गीत कस्ता कस्तो होलान् त भन्ने जिज्ञासालाई भने यूट्यूबमा हेरेर नै थाहा पाइनेछ ।

aalap

सार्वजनिक भएका गीतमा बिरेन्द्र कठायतको लय र बिष्णु खड्काको शब्द सृजनामा पुष्कल शर्मा र बिन्दु बिहानीको स्वरमा रहेको बिष्णु खड्काको प्रस्तुतिमा ‘मलाइ कालिको यति मात्र पिर छ’ रहेको छ । त्यस्तै बिरेन्द्र बस्नेतको लय तथा शब्द सृजनामा बिरेन्द्र बस्नेत र निशा दियालीको स्वरमा बिरेन्द्र बस्नेतको ‘घाइते भयो मुटु’, बिष्णु कार्की र बिष्णु खड्काको लय तथा शब्द सृजनामा बिरेन्द्र कठायत र पूर्ण कला बि.सी को स्वरमा लोकेन्द्र प्रकाश ओलीको ‘झल्को बढी आयो’ रहेको छ ।

त्यसैगरी मनोज बिस्वकर्माको लय र वर्षा लामाको शब्द सृजनामा अर्जुन बिश्वकर्मा र मुना थापा मगरको स्वरमा अर्जुन बिश्वकर्माको ‘ज्योतिषीले भनेको’, लाल सहयात्रीको लय र अर्जुन रावतको शब्द सृजनामा बिरेन्द्र कठायत र बिन्दु बिहानीको सुमधुर स्वर रहेको ‘कस्तो भाग्य’ रहेको छ । त्यस्तै धना बिश्वकर्माको लय, शब्द र स्वरमा ‘मै मरेको पल’ र बिरेन्द्र कठायतको लय र दुर्गा मगर तथा रमेश ओलीको शब्द सृजनामा लाल सहयात्री परियार र गरिमा विरहीको स्वरमा रहेको ‘टाढा हुन नखोज मायालु’ रहेको छ ।

७ गीतहरु सुन्नका लागि तलको लिंक क्लिक गर्नुहोला

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु