‘उंगली’को उत्तेजक गीत

म्यूजिक खबर
प्रकाशित: ४ मंसिर २०७१, बिहीबार

बलिउडका सिरियल किसर इमरान हासमीको नाम लिनेबित्तिकै छिल्लिएको पुरुषको छवि हाम्रासामु प्रकट हुन्छ । उनले अभिनय गरेको फिल्म ‘उंगली’को आइटम नम्बर उनीभन्दा छिल्लिएको छ । हालै सार्वजनिक भएको ‘उंगली पे नचाले’ गीतमा उत्तेजक हाउभाउ भएकाले अहिले यसले युट्युबमा खूब हेरिन थालेको छ । यो गीतमा एक अथवा दुई आइटम डान्सर होइनन्, आठजना डान्सरले नृत्य गरेका छन् ।
आइटम डान्समा इमरानसँग विदेशी मोडलले नृत्य गरेकी छिन् । उनी इमरानभन्दा बढी नै कामुक देखिएकी छिन् । गीतमा देव नेगी र शिप्रा गोयलको स्वर छ । गीतमा इमरान कामुक नर्तकीहरूबाट घेरिएका छन् । फिल्म २८ नोभेम्बरमा रिलिज गर्ने तय भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु