उद्योगपती गोयलको पत्रित्र हातहरु यसरी फैलिए रमाइलो बजारमा

म्यूजिक खबर
प्रकाशित: २५ माघ २०७३, मंगलवार

मोरङ । दिनबन्धु गोयल उद्योगपति एवं समाजसेवीकोे परिचयले प्रख्यात छन् । पुर्वमा उनले गरेका समाजसेवी कामहरु तारिफ योग्य छन् । उनले समुदाय तथा स्थानका लागि नितान्त आवश्यकताका लागि विशेष पहल र व्यक्तिगत लगानी समेत गर्दै आएका छन् । यसै क्रममा पछिल्लो समयमा उनले व्यक्तिगत लगानीमा मोरङको रमाईलो बजारमा पिउनेपानीको व्यवस्था सार्वजनिक धाराको ब्यवस्था मिलाई दिएका छन् ।goyal-sumit-khadkaएक महिना अघि उज्यालो बालसमुहको सम्मान कार्यक्रममा समाजसेवि गोयलले रमाईलो बासीकालागी स्वच्छ खानेपानीको प्रबन्ध मिलाउने बचन दिए बमोजिम स्थानीय बालबालीकाको सहयोगमा खानेपानीको सार्वजनीक धाराको प्रबन्ध मिलाईएको हो । एक समारोहका बिच उद्योगपती गोयलले सो सार्वजनीक धाराको उद्घाटन गरेका हुन् ।

स्थानिय बालक्लबको अगुवाईमा भएको कार्यक्रममा समाजसेवि गोयलले स्थानीय लक्ष्मी नारायणमन्दिरलाई नगद ३१ हजार सहयोग समेत गरेका थिए । रमाईलो क्षेत्रका अपाङगताभएका एक दर्जन बालबालीकालाई स्कुल ब्याग तथा न्यानो कपडा समेत वितरण गरेका थिए । सो अबसरमा स्थानिय बासीले उद्योगपती एव्म समाजसेवि गोयललाई दोसल्ला ओडाएर सम्मान गरेका थिए । सो खानेपानि सेवाबाट एक हजार स्थानीय बासी लाभान्वित हुने छन् ।sumit khadka- goyalसो क्षेत्रको बिकासकालागी गोयलले गरेको सहयोगको योगदानको चर्चा समेत गरेका थिए । विद्या दुलालको सभापतीत्वमा सम्पन्न कार्यक्रममा स्थानियले सो क्षेत्रको विकासका लागी गायक सुमित खड्काले योगदान पु¥याएको कदर गर्दै उनलाई पनि सम्मान गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु