उध्रेको चोलीजस्तै चमेलीः रावल

म्यूजिक खबर
प्रकाशित: २९ असार २०७२, मंगलवार

काठमाडौं । गीतकार रविन्द्र आशिष शैलीको नयाँ गीत ‘चमेली’ उध्रेको चोलीजस्तै भएको गजलकार ललिजन रावलले टिप्पणी गरे । रावलले उध्रेको चोली हेरिसकेपछि चमेली हेर्दा कुनै अन्तर नभएको भन्दै शब्दमा पनि सामको अर्थ कताबाट मिलाइयो भन्ने कुरामा ब्याख्या गरे । गीतकार रविन्द्र आशिष शैलीको नयाँ गीतिसंग्रह ‘मायाले बोलाउँछ–२’ को विमोचन समारोहमा एल्बमभित्रका गीतहरुमाथि टिप्पणी गर्दै रावलले आफ्नो शुभकामना मन्तव्य राखेका थिए ।

mayale bolauxa
शैलीको नयाँ गीतिसंग्रह ‘मायाले बोलाउँछ–२’ लाई संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव गणेश रसिकको हातबाट विमोचन गरिएको थियो । विमोचन समारोहमा गीतकार जगतमर्दन थापा, विश्व वल्लभ, ललिजन रावल, संगीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेष, संगीतकार महेश खड्का लगायतको आतिथ्यता रहेको थियो । गीतकार संघ नेपालको आयोजनामा भएको विमोचन कार्यक्रम संघका अध्यक्ष योगेन्द्रमणी दाहालको सभापतित्वमा सम्पन्न भएको थियो भने संघका उपाध्यक्ष विपिन किरणले कार्यक्रमको संचालन गरेका थिए ।

rabindra ashish
एल्बममा पाँचवटा गीत समावेश गरिएको छ । चमेली, तिमीले आँशु, न देखिन्छ घाउ, म तिम्रै लागि, शून्य शून्य गीत समावेश गरिएको छ । जसको तीन गीतमा विनोद पछाइँको संगीत रहेको छ भने नरेन्द्र प्यासी र चण्डीप्रसाद काफ्लेको संगीत एक एक गीतमा रहेको छ । इन्दिरा जोशी, दिपक लिम्बू, नरेन्द्र प्यासी, मनिषा पोखरेल र सहिमा श्रेष्ठको स्वर रहेको गीतिसंग्रह मायाले बोलाउँछ–२ लाई श्रृंखला इन्टरटेनमेन्टले बजार प्रबद्र्धन गरेको छ ।

laxman shesh

shailee

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु