एकै फिल्मबाट मालामाल

म्यूजिक खबर
प्रकाशित: २ श्रावण २०७१, शुक्रबार

मुम्बई, (एजेन्सीं) । भनिन्छ, भाग्य बलियो छ भने सफलता टाडा छैन । बलिउडकी नवोदित अभिनेत्री कृति सेननका लागि यही भनाइ लागू भएको छ । यी अभिनेत्री एउटै फिल्मबाट रातारात चम्किएकी छन् । फिल्म ‘हिरोपन्ती’मार्फत बलिउडमा करिअर प्रारम्भ गरेकी कृतिलाई हिजोआज विज्ञापन तथा फिल्मका लागि प्रस्तावको ओइरो लाग्न थालेको छ । कृतिले सयंमले यस्तो सोचेकी थिइनन् कि, एउटै फिल्मले मालामाल भइन्छ । उनी भन्छिन्, ‘मलाई अहिले भ्याइनभ्याई छ । यसको श्रेय हिरोपन्तीलाई  मान्छु म ।’
फिल्म ‘हिरोपन्ती’ मा कृतिले आफ्नो अभिनयबाट निर्माता÷निर्देशकलाई आकर्षित गर्न सफल भएकी छन् । हिजोआज कृतिलाई हरेक निर्माता तथा निर्देशक आफ्नो फिल्ममा लिन चाहेको बताइन्छ । साथे, ठूला–ठूला कम्पनीले समेत कृतिलाई लिएर बजार प्रवद्र्धन गर्न चाहेका छन् । केही दिनअघि मात्र यी अभिनेत्रीलाई एक प्रसिद्ध हेयर ओइल ब्रान्डले आफ्नो ब्रान्ड एम्बेसडर बनाएको छ । यदि ‘हिरोपन्ती’ मा नदेखिएकी भए कृति आजको स्थानमा पक्कै हुनेथिइनन् । छोटो समयमै बलिउडमा चम्काएपछि कृतिका परिवार पनि प्रसन्न भएका छन् । कृतिको काम र प्रभावलाई उनका परिवारले तारिफ गर्न थालेका छन् । कृतिको हातमा विज्ञापनको थाक त छ नै,  उत्ति नै फिल्म पनि लाइनमा छन् । तर, कृतिले समय दिन भ्याइरहेकी छैनन् । यी अभिनेत्रीले हालै बलिउड खेलाडी अक्षय कुमारको अपोजिट भूमिकाका लागि फिल्म ‘सिंह इज ब्लिङ’ मा साइन गरेकी छन् । साथै, कृतिलाई घडीको लक्जरी ब्रान्ड ‘टिसोट’ले पनि आफ्नो स्पेशल एडिशनका लागि अनुबन्धित गरेको छ । रातारात युवादर्शकमाझ लोकप्रिय हुन थालेकी कृति भन्छिन्, ‘निकै व्यस्त छु । यो व्यस्ततालाई मेन्टेन्स पनि गर्दै जानेछु ।’

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु