ओम पुरीको २६ वर्षे बैबाहिक सम्बन्धमा पूर्णबिराम

म्यूजिक खबर
प्रकाशित: २७ माघ २०७२, बुधबार

बलिउडमा लामो प्रेम सम्बन्ध ट्ट्नुलाई सामान्य मान्नु पर्ने अवस्था आएको छ । तर यतिबेला लामो बैबाहिक सम्बन्ध मा नै पूर्णबिराम लागेको अत्यन्तै निराशाजनक खबर आएको छ । बलिउडका सफल अनि लोकप्रिय कलाकार ओम पुरीको पत्नी नन्दितासँगको वैवाहिक सम्बन्ध टुटेको समाचार सार्वजनिक भएको छ । ओमले नन्दितासँगको २६ वर्षे पुरानो वैवाहिक सम्बन्धलाई पूर्ण विराम दिएका छन् । समाचार अनुसार गत हप्ता अदालतले दुवैजना अलग्गिएको फैसला गरेको छ । ओम दम्पतीको सम्बन्ध लामो समयदेखि खराब वातावरणमा गुज्रिरहेको थियो । नन्दिताले ओमलाई आफ्नो पहिलो पत्नी सीमा कपुरसँग शारीरिक सम्बन्ध राखिरहेको आरोप लगाएकी थिईन् । तर ओमले भने यो कुरालाई पटक पटक अस्वीकार गर्दै आएका थिए । नन्दिता पेशाले पत्रकार हुन् । उनीहरुको १८ वर्षको छोरा छन्, जसलाई निकै माया पनि गर्दछन् । अदालतले छोराको हेरचाह गर्ने जिम्मा नन्दितालाई दिएको छ । रणवीर–क्याट्रिना, फरहान–अधुना र अरबाज–माइलकाको सम्बन्ध टुटेको समाचार सेलाउन नपाउँदै यो निराशाजनक खबर सुन्नु परेको हो ।

om puri_ nandita

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु