औधोगिक सांस्कृतिक व्यापार मेला असोज १५ बाट

म्यूजिक खबर
प्रकाशित: ३१ भाद्र २०७२, बिहीबार

कीर्तिपुर । नेपालीहरु को महान चाड बडा दशैँ नजिकै आउदै गरेको अबस्था मा किर्तिपुर मा प्रथम किर्तिपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७२ यहि आउदो असोज १५ देखि असोज ३० गते सम्म किर्तिपुर नयाँ बजार खेलकुद मैदानमा हुने भएको छ । लामो समय देखि नेपालका विभिन्न जिल्ला हरुमा औधोगिक तथा व्यापार मेला गर्दै आएको सस्था आधोगिक शान्ति नेपाल सस्था र बिगत साँढे तिन दशकदेखि सामाजिक तथा खेलकुद क्षेत्रमा क्रियाशील रहँदै आएको नयाँ बजार क्लब किर्तिपुरको संयुक्त आयोजनामा किर्तिपुरमा नै पहिलो पटक प्रथम किर्तिपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७२ आयोजना हुन लागेको हो । यस बारेमा आयोजक कमिटिले एक पत्रकार सम्मेलन गरि सो कुरा को जानकारी गराएको हो ि किर्तिपुर आफैमा एक धार्मिक, सास्कृतिक, र पर्यटकीय दृष्टिणले महत्वपुर्ण स्थल रहेको छ यसै अनुरुप यस मेलाले किर्तिपुरको आन्तरिक तथा बाह्य पर्यटनमा बृद्धि गरि आर्थिक रुपले नि मजबुत बनाउने र किर्तिपुरलार्इ राष्ट्रिय तथा अन्तर्रास्ट्रिय रुपमा चिनाउन मद्दत पुग्ने कुराको जानकारी नयाँ बजार क्लबका अध्यक्ष र्इश्वरमुनी बज्राचार्यले दिनु भयो ।
उक्त मेलामा २ सयभन्दा बेसी स्टलहरु रहने र सम्पूर्ण दैनिक उपभोग्य खाद्यान्नका समानहरु देखि लिएर लत्ता कपडा, जुत्ताहरु, कृषि तथा हस्तकलाका समानहरु, भाँडाकुँडाहरु, एकै ठाउँमा सर्ब सुलभ तरिकाले पाउने र त्यसैगरि अटो मोबाइल, विभिन्न ब्रान्डका मोबाइल अन्य इलोक्ट्रोनिक्स समानहरु पनि उपलब्ध हुने र मेलामा बिक्रि वितरण गर्न राखिएको समानहरु मा २५ देखि ५० प्रतिसतसम्म छुटको ब्यवस्था छ भने मेलामा निशुल्क स्वास्थ्य सिबिर रहने साथै मेला मा प्रवेश शुल्क निशुल्क रहेको जानकारी पनि ब्यबस्थापन कमिटीले गराएको छ ।
प्रथम किर्तिपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७२ मा करिब ५ लाख उपभोक्ताले मेला को अबलोकन गर्ने अनुमान गरिएको र उक्त मेला मा ४ दर्जन भन्दा बेसी राष्ट्रिय तथा स्थानीय कलाकार हरुले आफ्नो मनोरन्जनात्मक कला, गायन कला प्रदर्सन गर्ने र उपस्थित भिडलार्इ भरपुर मनोरंजन दिने र बालबालिका हरु को लागि पनि छुट्टै बाल उद्दान, रोटे पिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु तथा अन्य खेल सामग्री समेत रहेको जानकारी औधोगिक शान्ति नेपाल सस्थाका अध्यक्ष सन्दिप महतले गराउनु भयो साथै उक्त मेला अबलोकन गरि आन्तरिक तथा बाह्य व्यापार ब्यबसाय र धार्मिक सास्कृतिक पर्यटन लाइ प्रबर्धन गर्न सम्पूर्ण नेपाली समुदायलार्इ उहाँले आव्हान पनि गर्नु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु