केली आमा बन्दै

म्यूजिक खबर
प्रकाशित: ७ मंसिर २०७०, शुक्रबार

हलिउड गायिका केली क्लार्कसन चाँडै आमा बन्दै छिन् । पति आफ्नो संगीत म्यानेजर ब्रान्डसन ब्लेकस्टोकका तर्फबाट केली पहिलो सन्तानको आमा बन्न लागेको कुरा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । हालै मात्र केली र ब्लेकस्टोकले आफूहरू वैवाहिक सम्बन्धका बाँधिएको बताएका थिए । उनीहरूले सन्तान पाउन लागेको कुरा मंगलबार माइक्रोब्लगिङ साइट ट्विटरमा पनि सेयर गरेका छन् । ३१ वर्षीया केलीले लेखेकी छन्, ‘म गर्भवती छु, ब्रान्डसन र म धेरै उत्साहित छौँ ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु