के कुसुम ‘चियावाली’बाट मोडल वा सेलिब्रेटि बन्लिन् त ?

म्यूजिक खबर
प्रकाशित: १९ कार्तिक २०७३, शुक्रबार

भाग्यले साथ दिएपछि कहाँबाट कहाँ पुगिन्छ । यस्तै भएको थियो केहि समय अगाडि पाकिस्तानका अरसद खानको व्यक्तिगत जिवनमा । चियावालाको उपमा पाएका निलो आँखा र आकर्षक जिउडालका धनि अरसद खानको केहि फोटोहरु इन्टरनेटमा भाइरल भएको थियो । जसका कारण उनी यति चर्चित भएकी उनलाई मोडलिगं गर्न र चलचित्रमा खेल्नको लागि अफर समेत आएको थियो । भाग्यले साथ दिएपछि कहाँवाट कहाँ पुगिन्छ भन्ने कुरालाई चरितार्थ गर्दै उक्त चिया बेच्ने चियावाला केटा एकाएक मोडल बनेका थिए ।

यतिबेला नेपालमा पनि यस्तै प्रंसगले सामाजिक सञ्जाल भरिएको छ । केहि दिन अगाडि फोटो पर्यटन व्यसायी रुपचन्द्र मर्हजनले नेपालका गाँयघुम्ने क्रममा कृषि कार्य गर्दै आएकी एक युवती कुसुम श्रेष्ठको दुई दृष्यलाई कैद गरेका थिए । कुसुमको उक्त दृष्य गोरखाको भुम्लिचोक गाविसको त्रिशुली नदीमा रहेको झोलुगंगेपुलमा तरकारी बोकेको फोटो र तरकारी बेच्दै गरेको फोटोलाई उनले आफ्नो सामाजिक सञ्जाल मार्फत सेयर गरेका थिए । फोटो पत्रकारले आफ्नो वालमा सेयर गर्ने विक्तिकै कुसुमको फोटोलाई धेरैले मन पराएर सामाजिक सञ्जालमा ‘तरकारीवाली’ हसट्याग राख्दै सेयर गरेका थिए ।

tarkariwali-kusumभाइरल भएको पहिलो फोटो

यसरी गाँउमा कृषि कार्य गर्दै आफ्नो जीवन विताइरहेकी, छिमेक आफन्त र केहि मित्रहरुले मात्र चिनीएकी कुसुम श्रेष्ठ यतिबेला तरकारीवालीको परिचय बनाएर एकाएक संसारभर चर्चित बनेकि छिन् । वास्तवमै सामाजिक सञ्जालमा भाइरल भएको उनको तरकारीवोकेको फोटो र तरकारी बेच्दै गरेको फोटोमा ‘तरकारीवाली’ निकै सुन्दर र आर्कर्षक देखिन्छिन् । उनको जिउडाल र मुस्कार हेर्दा साच्चै नै सेलिब्रेटि हुन लायकको नै छ ।

kusumभाइरल भएको दोश्रो फोटो

के यही चर्चाले तरकारीवाली कुसुमको भाग्य बदल्न सक्छ ?  भन्ने कुराको बहस पनि सामाजिक सञ्जालमा शुरु भएको छ । पाकिस्तानको चियावालाको जस्तै उनी पनि सेलिब्रेटि बन्न सक्छिन् त ? के उनको भाग्यले उनलाई तरकारी बेच्ने केटी वाट एक टप मोडल तथा सेलिब्रेटि बनाउन सक्छ होला त ?

यस्तै प्रश्नसहित म्यूजिक खबरका लागि सविता पोखरेलसँग भएको टेलिफोन वार्तामा तरकारीवाली कुुसुमले मोडल वा हिरोइनका लागि प्रस्ताव आए आफू तयार भएको पनि प्रतिक्रिया दिएकी छिन् । थाहै नपाई खिचिएको तस्बिर एकाएक करौडौं मानिसले हेरिंदा सुरुमा केहि असहज र डर लागेता पनि सकारात्मक प्रतिक्रिया आइरहेको हुनाले खुशी लागेको पनि बताइन् । मिडियाले पनि सकारात्मक तरिकाले तस्बिर सम्प्रेषण गरिदिएकाले आफ्नो व्यक्तित्वमा नै विकास भएको महसुष गरेको उनले बताइन् ।

पाकिस्तानको चियावाला अरसद खानको प्रसंग सम्झाउँदा चियावाली कुसुमले पनि आफू झन् सकारात्मक भएको बताएकि छिन । अहिलेसम्म त कुनै नकारात्मक कमेन्टहरु आएका छैनन् र आगामी दिनमा पनि नकारात्मक प्रतिक्रिया नगरिदिनुहुन पनि सोसल मिडिया प्रयोगकर्ताहरुलाई उनले अनुरोध गरिन् ।

यति वेला उनको भाग्यले उनलाई साथ दिइरहेको हुनुपर्छ, केही दिनमा तरकारीवालीको नामले नै विश्वभर चर्चित भएकी छन् । उक्त सून्दर नेपाली युवतीको फोटोलाई धेरै भारतीयहरुले मेहनती युवती र तरकारीवाली भनेर सामाजिक सञ्जालमा सेयर गरेकोले भाइरल भएको देखिन्छ । उनीहरुले सामाजिक सञ्जाल फेसबुक र टुविटरमा तरकारीवाली भनेर निकै सेयर गरेका छन् । अब आश गरौं उनि मेहनति कृषकसँगै कुशल कलाकार पनि बन्नेछिन् ।
म्यूजिक खबरका तर्फबाट ‘चियावाली’ कुसुम श्रेष्ठालाई सुनौलो भविष्यको कामना ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु