कोमल वलीको राजनीति सल्लाहकारमा पशुपति शर्मा नियुक्त (हेर्नुहोस् भिडियो)

म्यूजिक खबर
प्रकाशित: १८ असार २०७४, आईतवार

असार १८, काठमाडौं । गीतसंगीतमा चर्चा र लोकप्रियताको शिखरमा पुगेकी कोमल वली राष्ट्रिय प्रजातन्त्र पार्टीमा रहेर राजनीति गरिरहेकी छिन् । आफ्नो राजनीति जीवनमा कोमलले चर्चित गायक पशुपति शर्मालाई सल्लाहकारमा नियुक्त गरेकी छिन् । उनले पशुपतिकै सल्लाहमा राजनीति गरेको समेत खुलासा गरेकी छिन् ।
प्रसंग हो तीज गीतको । प्रत्येक वर्ष झैं यो वर्ष पनि उनले तीज गीत सार्वजनिक गरेकी द्धिन् । यहि वर्ष नै ‘म त नाँच्दीन केरे’ बोलको तीज सार्वजनिक गरेकी कोमलले अर्को गीत ‘ओइ शिव ओइ–मलाई चाहिएन पोइ’ बोलको गीत सार्वजनिक गरेकी छिन् । उनको गीतमा प्रायः शिवजीसँग पोई चाहियो भनेर प्रार्थना गरिएको हुन्थ्यो । तर गायिकासँगसँगै नेतृ समेत बनेकी कोमलले यो वर्षदेखि तीज गीतमा शिवजीसँग पोई माग्न पनि छोडेकी छन् ।

Komal_Pashupati
गीतको भिडियोको प्रारम्भमा लोकगायक पशुपति शर्मा नमस्ते गर्दै
पशुपति शर्मा : दिदी नमस्ते ।
कोमल वली : नमस्ते, पोहरसाल तिमीले मलाई राजनीति गर भन्यौ । मैले राजनीति शुरु गरें । अब के गर्नु पर्ला त रु
पशुपति शर्मा : अब अरु क्यै गर्नु पर्दैन दिदी । तपाईंको भाइलाई सल्लाहकार बनाउनु पर्यो ।
कोमल वली : ए हो ? अबदेखि मेरो भाइ मेरो सल्लाहकार ।
माथिको सम्वादपछि गीत शुरु हुन्छ । गीतमा पशुपतिले अरु नेताले झैं भ्रष्ट्रचार नगर्न, तन र मनबाट जनताको सेवा गर्न र नाम जस्तै काम पनि कोमल हुनुपर्ने सल्लाह दिएका छन् । यदि अरु नेताकै बाटोमा हिंडे कोमललाई पत्तासाफ पार्ने चेतावनी पनि पशुपतिले दिएका छन् । यस्तै कोमलले पनि पोहोरको तीजमा लाष्टैचोटि भन्दै गीत गाएँ, त्यसपछि राजनीतिमा लाँगे । अब मेरो जीवन देशकै लागि समर्पित हुनेछ । मलाई अब पोइ चाहिंदैन भनेर आफ्नो वास्तविक भाव गीतमा पोखेको म्यूजिक खबरसँग कुरा गर्दै कोमलले भनिन् बताइन् ।

komal-oli-Pashupati-Sharma
कोमल वली र पशुपति शर्माको स्वर रहेको यो तीजगीतमा कोमल वली र पशुपति शर्माले नै अभिनय गरेका छन् । पशुपति शर्माकै लय÷शव्द रहेको यो तीज गीतको निर्देशन बब्बु थापाले गरेका छन् । मौसम हिमालीको कोरियोग्राफी रहेको म्युजिक भिडियोको छायाङ्कन दुर्गा पौडेल र सम्पादन प्रवीण भट्टले गरेका छन् । दृश्य निर्माण एकता फिल्मस् नेपालले गरेको कोमलको नयाँ तीज गीतलाई के सिरिजले बजारमा ल्याएको हो । कोमल वलीकै व्यक्तिगत युट्युव च्यानलमा सार्वजनिक गरिएको यो गीतले सार्वजनिक भएसँगै राम्रो प्रंशसा पाइरहेको छ ।

हेर्नुहोस् भिडियो:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु