को हुन् राप्रपाबाट चुनाव जित्ने एक्ला नेता राजेन्द्र लिङ्देन ?

म्यूजिक खबर
प्रकाशित: २ पुष २०७४, आईतवार

काठमाडौं । अस्थिर राजनीति, भ्रस्टाचार, बेरोजगारी साथै महंगीको मारमा पिल्सीरहेका नेपाली जनताले पछिल्लो समयमा यिनै समस्याहरुलाई समाधान गर्नका आ–आफ्नो क्षेत्रबाट प्रतिनिधी चुनेका छन् । हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभाका लागि भएको चुनावमा २ सय ७५ जनाको प्रतिनिधिसभाका लागि राप्रपाले मुलुकभरबाट एक सिट मात्र जित हासिल ग¥यो । राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले झापा क्षेत्र नम्बर–३ बाट विजयी हुँदै राप्रपाको इज्जत जोगाए ।
लिङ्देनले कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई भारी मतान्तरले पराजित गरेर आफ्नो पार्टीको बिउ जोगाए । झापा–३ बाहेक राप्रपाले कहीँ पनि जित निकाल्न सकेन । मकवानपुर–१ बाट राप्रपाका अध्यक्ष कमल थापा समेत पराजित भए ।

विकासप्रेमी नेताको छवि बनाएका लिङ्देनले सिटौलालाई कांग्रेसकै ‘गढ’ मानिने झापा क्षेत्र नम्बर ३ मा भारी मतान्तरले पराजित गरे । लिङ्देनले ४४ हजार ६ सय १४ मत पाउँदा सिटौलाले ३१ हजार १ सय ५९ मतमात्रै पाए । पृथक तर स्पष्ट राष्ट्रवादी दृष्टिकोणका कारण चर्चित बनेका लिङ्देन धर्मनिरपेक्षता, जातीय आरक्षण, सङ्घीयता र गणतन्त्रप्रति पूर्ण रूपले असहमतीका पक्षमा वकालत गर्दै आएका छन् । आफ्नो जित सँगै आगामी दिनमा झापाली जनतालाई सम्बोधन गर्दैे ‘भ्रष्ट्राचार मेरो लागि आमाको रगत पिए बराबर हो । आगामी दिनमा केन्द्रमा राजनीति, झापामा विकास’ गर्नेछु । जुन विश्वासले मलाई भोट दिएर विजयी बनाउनु भएको छ, त्यसमा म दुःखी बनाउने छैन’ मलाई भोट दिने तथा नदिने सबै जनता मेरा लागि समान् हुनुहुन्छ’– लिङदेनल भने ।

को हुन् राजेन्द्र लिङ्देन ?
झापाली जनताको ढुकढकी बनेका राजेन्द्र लिङदेनको जन्म २०२२ सालको भदौ २२ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको हो । राजनीति शास्त्र र इतिहासमा स्नातकोत्तर गरेका लिङ्देनले २०३९ सालदेखि राजनीतिक यात्रा शुभारम्भ गरेका हुन् ।

राप्रपाको विद्यार्थी संगठन ‘राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन’को संस्थापक अध्यक्ष समेत हुन् । लिङदेनले २०४९ र २०५४ सालको चुनावमा उनको चुनावी क्षेत्रमा गोलधापमा वडाध्यक्ष विजयी भइ वडाध्यक्षको सफल कार्यभार सम्हालेका थिए ।

२०६० सालमा जिल्ला विकास समिति झापाको सभापतिमा समते बनेका लिङदेन २०५६ सालको संसदिय चुनावमा चुनावमा झापा क्षेत्र नं ३ मा तेश्रो स्थानको मत पाएका लिङदेन २०७० सालको चुनावमा दोश्रो हुँदै पराजयलाई आत्मसात गर्नु परेको थियो । उनी नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलासँग पराजित हुँदै आएका थिए । उनै लिङ्देनले कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई भारी मतान्तरले पराजित गर्दै यतिबेला चर्चाको शिखरमा छन् । २०६४ सालमा राप्रपा नेपालको केन्द्रीय सदस्य भएका लिङदेन २०७० सालमा राप्रपा नेपालको महामन्त्री भएका हुन् ।

यस्तै राजनीतिक यात्रा गर्दै जाँदा लिङदेन यतिबेला झापा क्षेत्र नं. ३ बाट प्रतिनिधि सभाका लागि निर्वाचित भएका छन् । समान्य गरिब परिवारमा जन्मेर पञ्चायती राजनीति हुँदै बहुदल आएपछि राप्रपाको राजनीतिमा लागेका झापाली नेता लिङदेनले प्रत्यक्षतर्फको जित दिलाएर राप्रपा पार्टीको साख जोगाएका छन् । त्यसो त लिङदेनले स्थानीय निर्वाचनमा पनि झापामा राप्रपाको साख जोगाएका थिए ।

आम नेपाली जनताको चाहना बमोजिमको समृद्ध राष्ट्र निर्माणमा गरिमामय योगदान पुगोस्, हार्दिक बधाई तथा शुभकामना ।

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु