क्यान्सर पीडित लामालाई फूलमाया फाउन्डेसनको सहयोग

म्यूजिक खबर
प्रकाशित: २१ मंसिर २०७३, मंगलवार

मङ्सिर २१, काठमाडौं । विगत ४ महिनादेखि क्यान्सरबाट पीडित बनेका रामकुमार लामालाई फूलमाया कार्की फाउन्डेसनको तर्फबाट सहयोग प्रदान गरिएको छ । आर्थिक अभावका कारण विभिन्न समस्यामा परेकाहरुलाई सहयोग गर्ने उद्देश्यले स्थापना भएको संस्था फूलमाया कार्की फाउन्डेसनको तर्फबाट रिभिल अस्पताल नयाँ बानेश्वरमा उपचारार्थ रहेका क्यान्सर पीडित लामालाई उपचारका लागि सहज होस् भन्दै १६ हजार रुपैयाँ सहयोग प्रदान गरिएको हो ।

birahi-karki

फाउन्डेसनका अध्यक्ष विरही कार्की लगायतका सदस्यहरुले पीडित लामालाई सहयोग हस्तान्तरण गरेका हुन् । उक्त सहयोगमा योगेन्द्र थापा, सिर्जु मगर, दुर्गा बास्कोटा, तिलक पुन, अर्जुन अधिकारी, हिम कुमार थापा, गीता पहाडी, अर्जुन गुरुङ, प्रेम गुरुङ, धु्रब हिमाली, जीवन श्रेष्ठ, मुकेश दाहाल लगायतको साथ सहयोगमा फूलमाया कार्की फाउन्डेशनले सहयोग जुटाएको हो ।

फाउन्डेसनका तर्फबाट चलाईएको यो सामाजसेवाको अभियान अन्तर्गत अब छिट्टै लोक गायक बुद्धिकृष्ण लामिछानेलाई सहयोग गरिने अध्यक्ष कार्कीले बताए । त्यस्तै फाउन्डेसनले आपतकालीन कोषको पनि घोषणा गर्दै सहयोग जुटाउने तीब्र रुपमा अगाडि बढेको फाउन्डेसनका अध्यक्ष कार्कीले जानकारी दिए ।

sabita-pokharel

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु