खुकुरीले छिनाएको हात ग्रान्डी अस्पतालमा जोडियो

म्यूजिक खबर
प्रकाशित: २० श्रावण २०७२, बुधबार

ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका डाक्टरहरूको टोलीले समयमै अस्पताल ल्याइपुर्‍याए छिनेको हात पनि जोड्न सकिने कुरा पुनः एकपटक पुष्टी गरेका छन् । गत बुधवार खोटाङका एक युवकको छिनेको हात सफलतापूर्वक जोडिएपछि सो कुरा पुष्टि भएको हो। खोटाङका ३४ वर्षिय चरित्र कुमार तामाङको खुकुरी प्रहारका कारण छिनेको हात जोङ्ने शल्यकृया (Replantation) डाक्टरहरुको संयुक्त टोलीको दश घन्टाको अथक प्रयास पछि सफलतापूर्वक सम्पन्न भएको अस्पताल स्रोतले जनाएको छ ।

शल्यकृयामा ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका कन्सल्ट्यान्ट भाष्कुलर सर्जन डा. उत्तम कृष्ण श्रेष्ठ, प्लाष्टिक सर्जनहरु डा. जयन मान श्रेष्ठ र डा. ज्योती रायमाझी , अर्थोपेडिक सर्जन डा. भाष्कर राज पन्त र एनेस्थेसियोलोजिष्ट डाक्टरहरु डा. मुरारी राज उप्रेती र डा. अर्चन अधिकारी सहभागी हुनुहुन्थ्यो  शल्यकृयापछिको चौथौं दिनदेखी नै तामाङले राहत महसुश गरेको र उनको घाउ पनि निको हुँदै गएको छ । उनको नाडिको चाल र हातको सेन्सेसन आउन समय लाग्नसक्ने उनको उपचारमा संलग्न चिकित्सकहरुको भनाइ छ ।

IMG_8547

शल्यकृयापछि ग्रान्डी अस्पतालको मिडिया टिमसँग कुराकानी गर्दै तामाङले आफू ग्रान्डीको सेवा सुबिधा, डाक्टरहरुको मेहनत र नर्सिङ स्टाफको सेवावाट अत्यन्त खुशी भएको र आफ्नो देब्रेहात आफ्नो नभएर ग्रान्डी अस्पतालको भएको प्रतिकृया दिएका छन् । उनलाइ गत बुधवार मध्यान्ह खोटाङवाट हेलिकप्टरबाट उद्धार गरी ग्रान्डी अस्पतालमा ल्याइ तत्काल उपचार थालिएको थियो । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले यस अघि पनि तीनवटा यस्तै प्रकृतिको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।

IMG_8549

ग्रान्डी अस्पतालमा  २४ सै घण्टा बिशेषज्ञ डाक्टरहरु सहित उपलब्ध इमरजेन्सी सेवा र एउटै छानामूनी बिभिन्न बिधाका बिशेषज्ञ चिकित्सकहरुको उपलब्धताले यस किसिमका जटिल समस्याको उपचार समेत सम्भव भएको अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर चक्रराज पाण्डेले जानकारी दिनुभएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु