खुशीरामको स्मृतिमा समर्पित ‘सङ्गम सांस्कृतिक यात्रा–२ सम्पन्न’

म्यूजिक खबर
प्रकाशित: २२ पुष २०७४, शनिबार

जनवादी गायक खुसीराम पाख्रिनको श्रद्धाञ्जलीमा उनकै गीत घन्किए !


पोखरा, पुस २२ गते । जनवादी गायक खुसीराम पाख्रिनका गीतहरु शनिबार पोखरामा घन्किएका छन् । सङ्गम सांस्कृतिक मञ्चको आयोजनामा भएको कार्यव्रmममाा मञ्चका कलाकारहरुले पाख्रिनका स्वर, सङ्गीत र रचनामा भएका करिब एक दर्जन गीतहरु गाएका थिए ।

उपस्थित सम्पूर्ण दर्शकलाई अध्यक्षता गराएर सञ्चालन गरिएको कार्यव्रmममा विशेष अतिथि प्रगतिवादी साहित्यकार पोषराज पौडेलले पाख्रिनले सादगीपूर्ण जीवनबिताउनुभएको जानकारी दिनुभयो । पाख्रिनसँग सङ्गतसमेत गर्नुभएका पौडेलले जीवनभर खुसीरामले आफ्नो खुसीभन्दा जनताको खुसीका लागि अहोरात्र खट्नुभएको बताउनुभयो ।


कार्यव्रmममा मानवाधिकारवादी नेता टेकनाथ बरालले सङ्गम सांस्कृतिक मञ्चले जनताको सङ्गीत उकास्न गरेको योगदानको प्रशंसा गर्नुभयो ।
कार्यव्रmममा गायक पदमराज ढकाल, काजी गाउँले, रोशन लामा, डी. बी. बान्तवा, विकास लुङ्गेली, सङ्गीता सुनाम, प्रदिप मल्ल, शान्ति बलम्पाकीलगायतले साङ्गीतिक प्रस्तुति राखेका थिए । कार्यव्रmममा प्रत्यक्ष वाद्यवादनका साथमा युवाहरु हो…, हे श्रमिक दुःखीजनहरु…, आजभोलि बेलटारीमा…, गैँची बेल्चा उचालेर.., अर्काको भारी बोकेर…, टाढैबाट चिनियो…, समयपत्री फूल फुल्दा..,  भाले कहिल्यै बासेन….लगायतका गीतहरु प्रस्तुत गरिएको थियो ।

गत असार ३१ गते रामेशको प्रमुख आतिथ्यमा पहिलो शृङ्खला सम्पन्न गरेको मञ्चले दोस्रो शृङ्खला पाख्रिनकै प्रमुख आतिथ्य आयोजना गर्ने तय भइसकेको अवस्थामा निधन भएपछि उहाँकै सम्मानस्वरुप यो कार्यव्रmम आयोजना गरिएको अध्यक्ष काजी गाउँलेले जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु