गायकद्वय सुगम र अनिष भन्दैछन्–‘ताली ठोकौंला’ हेर्नुहोस् भिडियो !

म्यूजिक खबर
प्रकाशित: १९ फाल्गुन २०७४, शनिबार

फागुन १९, काठमाडौं । नेपाली पप दुनियाँको चर्चित गायक सुगम पोखरेलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । ‘ताली ठोकौँला’ बोलको गीतमा सुगमको साथमा अनिश भण्डारीको स्वर रहेको छ । सम्भोज मल्ल र सुगम पोखरेलकै शब्द तथा संगीत रहेको छ ।

झण्डै १४ वर्षको अतरालपछि गायक अनिश भण्डारी सुगम पोखरेलसँगको सहकार्यमा सांगीतिक यात्रामा फर्किएका हुन् । भण्डारीले यसअघि सुमगसँगै मिलेर रंगीन यो साँझ तथा सुदिन पोखरेलसँगको सहकार्यमा ‘एउटा सपना’ बोलको गीत ल्याएका थिए । विकास सुवेदीले निर्देशन तयार भएको भिडियोमा अमृत ढुंगाना र जुना सुन्दासको अभिनय रहेको छ । रामशरण उप्रेतीले खिचेको  भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।

गायक सुगम पोखरेलका ‘सम्हालिन्छ कहिले मन’, ‘कति दिन बिते कति रातहरू’, ‘स्कुल पाठशाला’, ‘रुन्न भन्थेँ कहिले’ लगायतका सयौँ गीतहरू चर्चित छन् ।

हेर्नुहोस् भिडियो:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु