गायक रामप्रसाद खनाल सम्मानित

म्यूजिक खबर
प्रकाशित: २१ असार २०७४, बुधबार

असार २१, काठमाडौं । गायन क्षेत्रमा लामो योगदान पुर्याएको भन्दै गायक रामप्रसाद खनाललाई विभिन्न १२ वटा संस्थाले अभिनन्दन गरेका छन् । गायक खनाललाई  राजधानीमा आयोजित एक समारोहमा एकसाथ दर्जन भन्दा बढी संघसंस्थाले सम्मान गरेका हुन् ।

samman-ram prasad-khanal

डा. हर्क बहादुर बुढामगर स्मृति प्रतिष्ठानकी अध्यक्ष प्राज्ञ उन्नती बोहरा ‘शीला’को संयोजकत्वमा आयोतित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति भक्त श्रेष्ठ (सरुभक्त), उपकुलपति शम्भूजीत बासकोटाले, अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का केन्द्रिय उपाध्यक्ष राधेश्याम लेकाली, डा. हर्कबहादुर बुढामगर स्मृति प्रतिष्ठान सहित, अनेसास, गुन्जन, अन्तर्राष्टिय कलाकार मञ्च नेपाल, महिला गीतकार संघ, बनिता त्रैमासिक, नारी स्वर, नारी साहित्य प्रतिष्ठान, महिला सञ्चार समुह, गोधुली साहित्य प्रतिष्ठान, जलेरिका साहित्य सेवा र नेपाल पत्रकार मञ्चले एकसाथ सम्मान गर्यो ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले खनाल सामुहिक अभिनन्दन गर्नु भनेको धेरै काम गर्न प्रेरणा दिएको बताए ।

१० वर्षपछि देश फर्कदा यहाँ पाएको अभिनन्दनले आफु जहाँ रहेपनि लोकसँगीतमा निरन्तर काम गर्न अझ उर्जा बढेको लोकगायक रामप्रसाद खनालले बताए ।

लोक संगीत तथा पत्रकारितामा खनालको योगदान चर्चा गर्दै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी परिषद सदस्य उन्नती बोहरा शिलाले प्रकाश पारिन् ।

कार्यक्रममा हाँस्यव्यँग्य अभिनेता शिबहरि पौडेलले समेत अभिब्यक्ति मार्फत सबैलाई हसाए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु