गायक समिरले बल्ल चाल पाए ! (भिडियो)

म्यूजिक खबर
प्रकाशित: १४ पुष २०७३, बिहीबार

आठ वर्षको अष्ट्रेलीयाको बसाईका क्रममा त्यहाँबाटै नेपाली संगीतमा एक पछि अर्को हिट गीत बजारमा ल्याईरहेका समीर आचार्यले बल्ल चाल पाएका छन् । उनले बल्ल चाल पाएको कुरा भने भर्खरै सार्वजनिक भएको गीतको प्रसंग हो । गत महीना मात्र चट्ट सलाम छ बोलको देउडा गीत ल्याएर सांगीतिक बजार तताईरहेका समीरले फेरी अर्को दमदार गीत लिएर आएका छन ।

ball-chal-paye

‘बल्ल चाल पाएँ’ बोलको गीतमा राजुबाबु श्रेष्ठको शब्द,अनिस श्रेष्ठको संगीत र समीर आचार्यको स्वर रहेको गीतको म्यूजिक भिडियो यहि साता सार्वजनीक भएको छ । अष्ट्रेलीयामा बसोबास गर्दै आएका अहिलेका निकै नै ब्यस्त निर्देशक जीवन रसाइलीले निर्देशन गरेको भिडियोमा र्याम्बो अधिकारी र रोजालीन बसुको अन स्क्रीन रोमान्स देख्न सकीन्छ ।

samir-acharya

अष्ट्रेलीयाका विभीन्न ठाउँहरुमा छायांकन गरीएको भिडियोमा आधुनिक पहिरनका साथै नेपाली भेष भुषामा पनि सजीएर रमाईलो गरेको देख्न सकिन्छ । यस भिडियोमा र्याम्बो र रोजालीनको उत्कृट प्रस्तुतीका साथै समीर आफैको पनि स्क्रीन फीचर निकै राम्रो भएको छ ।

भिडियो:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु