गायनसँगै समाजसेवामा अग्रसर अन्जु !

म्यूजिक खबर
प्रकाशित: ५ चैत्र २०७४, सोमबार

चैत्र ५, काठमाडौं । पछिल्लो समय समाज सेवामा अगाडि देखिएका सेलिब्रेटीमध्ये सबैभन्दा बढी गीत गाउने, सबैभन्दा बढी पुरस्कार पाउने र गीतबाट सबैभन्दा बढी आम्दानी गर्ने गायिकामा दरिएकी जादुमयी स्वरकी धनी गायिका पनि एक हुन् । अन्जुले आफ्नै नामबाट अन्जु पन्त फाउण्डेसन स्थापना गरेर समाज सेवा गरिरहेकी छिन् ।

अन्जु पन्त फाउण्डेसनमार्फत अन्जुले मकवानपुरको खैराङमा रहेको एक चेपाङ बस्तिमा अन्जु पन्तले १०० ब्ल्यांकेट लगायतका राहत सामाग्री वितरण गरेकी छिन् ।

आर्थिक, सामजिक शैक्षिक सबै क्षेत्रमा पछाडि परेको चेपाङ समुदायमा अन्जु पन्त फाउण्डेसनद्वारा १०० ब्ल्याङकेट लगायतका सामग्री वितरण गरेको छ । करिव ८ वर्ष पहिले पनि ओडारमा बस्दै आएको चेपाङ समुदायको अवस्था निकै कमजोर भएका कारण उनीहरुलाई सहायोग गरिएको अन्जु पन्तले बताएकी छिन् ।

राजमार्गबाट २३ किमी मात्रको दुरीमा रहेको उक्त बस्तीमा पुग्न ५ घन्टा लाग्छ। बाटोको अवस्था ज्यादै नराम्रो भएकोले ज्यान जोखिममा राखेर यात्रा गर्नुपर्ने बाध्यतामा त्यहाको समुदाय रहेको अन्जु बताउछिन्। ‘त्यहाँको समुदायमा शिक्षा र स्वास्थ्यको त के कुरा दात माझ्नु पर्छ भन्ने सम्मको ज्ञान पनि रहेनछ’, भन्छिन् ‘१३र१४ बर्षको उमेरमा बाल विवाह गर्ने र बाल तथा मातृमृत्य दर अन्त्यन्तै उच्च रहेछ।’

उनले अभिषेक उप्रेतीको पहलमा उक्त ठाउँमा सहयोग गर्न पाएको बताउछिन्। भन्छिन् ‘त्यस्तो ठाउँसम्म आखा पुर्याइदिने अभिषेक उप्रेती र उहाँको परिवारलाई धन्यवाद।’ साथै उनले त्यस्तो ग्रामिण र दुर्गम ठाउँमा सरकारले पनि ध्यानाकर्षण गर्नु पर्ने बताउछिन।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु