गीतकार डब्बु क्षत्रीको ‘गुलाबी स्वरहरु’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: १२ भाद्र २०७४, सोमबार

भाद्र १२, काठमाडौं । पत्रकार डब्बु क्षत्री गीति लेखनमा पनि कलम चलाउँदै आएका छन् । यहि क्रममा उनले आफ्नो जन्मदिनको अबसर पारेर नयाँ गीतिसँग्रह ‘गुलाबी स्वरहरु’ बजारमा ल्याएका छन् । यस अघि एकल गजलसँग्रह झरी ल्याएको क्षत्रीको यो दोस्रो एकल गीतिसँग्रह को ।

आईतबार राजधानीमा एक समारोहबीच छायाँछबी क्रियसनका अध्यक्ष एवं पत्रकार शान्तिप्रिय सँग्रहका गायिकाहरु निशा देशार, केन्जुमा सुब्बा, रेश्मा पुनमगर, साहिमा श्रेष्ठ, सँग्रहको भिडियोकी मोडल सृष्टि तामाङले गुलाबी स्वरहरु बिमोचन गरेका हुन् ।

पत्रकार शान्तिप्रियले कार्यक्रममा बोल्दै गीत लेखनमा अढाई दशकदेखि सक्रिय डब्बु क्षत्रीले बिगतमा गम्भिर गजल तथा गीत ल्याएको बताए । तर यस पटक नयाँ पुस्तालाई लक्षित गरेर सबैले गाउन सक्ने रोमाञ्चकारी पप शैलीका गीतहरु उनले पस्किएको शान्तिप्रियले प्रकाश पारे ।


कार्यक्रममा बोल्दै सँग्रहका सँगीतकार ज्योतिप्रकाश बिक, जुगल डंगोल, सन्तोष श्रेष्ठ र दीपक शर्माले गुलाबी स्वरहरु भित्रका गीतहरु र ती गीतमा आफ्ना सँगीत बारे कार्यक्रममा चर्चा गरे ।

गीतकार डब्बु क्षत्रीले आफ्नो यो दोस्रो एकल गीतिसँग्रह भएको बताउँदै सबैलाई सुन्दा रोमाञ्चकारी तुल्याउन प्रकारका गीतहरु सँग्रह गुलाबी स्वरहरु मार्फत ल्याएको बताए ।


सँग्रहको पाँच गीतमा बेबी आई लभ यु…, जिस्किन मन लाग्छ…, यो तन यो मन…, तिमीसँग बोल्न…, दोषी त नजर…रहेका छन् । यीत गीतलाई केन्जुमा सुब्बा, निशा देशार, सहिमा श्रेष्ठ र रेश्मा पुनमगरले गाएका हुन् । गीतिसँग्रहलाई बितरण बिन्ध्यवासिनी म्युजिकले गर्दैछ ।

सोही कार्यक्रममा सँग्रह भित्रको गीत दोषी त नजर नै थियो…को भिडियो पनि सार्वजनिक गरियो । डब्बु क्षत्रीले नै निर्देशन गरेको यो भिडियोमा अभिनेता नविन लम्साल, मोडल एवं नेपाल नेक्स्ट सुपर मोडलकी बिजेता सृष्टी तामाङ, मोडलद्धय देबिका कार्की र कुशल पाण्डेले अभिनय गरेका छन् । राजु केसीले खिचेको सो भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु