गीतकार प्रकाश बाबुको फेसबुक स्टाटसले बन्ने भो विद्यालयको भवन

म्यूजिक खबर
प्रकाशित: १४ असार २०७४, बुधबार

असार १४, गोरखा । पछिल्लो समयमा सामाजिक सञ्जालले विश्वको हरेक तप्कामा सर्वाधिक महत्व बोकेको छ । सामाजिक सञ्जालकै माध्यमबाट हिजो गुमनाम भएका व्यक्ति र वस्तु आज एकाएक सर्वाधिक चर्चित बनेका छन् । यस्तै गीतकार प्रकाशबाबु थापाले लेखेको फेसबुक स्टाटसका माध्यमबाट गोखखामा विद्यालयको भवन बन्ने भएको छ ।

गोरखा जिल्लाको शहीद लखन गाउँपालिका अन्तर्गत बुङ्कोट वडा नं। ८ अवस्थित श्री राम्चे प्राथमिक विद्यालयको चार कोठे भवन पूनर्निमाण कार्यका लागि सहयोग रकम जुटेको छ । रकम हस्तान्तरण गर्ने एक समारोहका बीच अभियानकर्ता प्रकाशबाबु थापा र बुङ्कोट वडा नं। ८ का नवनिर्वाचित वडा अध्यक्ष काशीनाथ अम्गाइँले संयुक्त रुपमा नगद रु। तीनलाख विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यस्थापन समितिका अध्यक्षलार्इ सहयोग रकम हस्तान्तरण गरेका हून्।

Prakash-babu thapa

विश्वशान्ति युवा संघ नेपालका अध्यक्ष, सामाजिक अभियन्ता तथा गीतकार प्रकाशबाबु थापा ‘प्रकाशपुञ्ज’ को सक्रियतामा अमेरिका, बेलायत, जापान, द। कोरिया, क्यानाडा, नर्वे, बहराइन, कतार, म्यानमार, आदि ठाउँहरूबाट सहयोग रकम जुटेको हो । विभिन्न काम विशेषले विदेश गएका व्यक्तित्वहरूले भू(कम्प पश्चात विद्यालयको अवस्था नाजुक भएको र उक्त भवन पूनर्निमाण गर्नुपर्ने भएकाले सबैजना सहयोगका लागि एकजुट भएका हुन् । ̒भवन पूनर्निर्माणका लागि आर्थिक सहयोग जुटाउनुपर्ने अभियान संचालन गरेको र उक्त अभियानलार्इ साथ र समर्थन गरिदिनुहुन सबैजनामा विशेष अनुरोध छ भन्दै एउटा स्टाटस फेसबुकमा राखेको थिएँ, त्यसैबाट नै यतिका रकम जुट्न सम्भव भएको हो, ̓ अभियन्त प्रकाशबाबु थापाले बताए ।

त्यसैगरी ̒विश्वकै कान्छा निर्देशक सौरभ विष्टद्वारा निर्देशित चलचित्र ‘लभ यू बाबु’ को च्यारिटी सो मार्फत पनि सहयोग रकम जुटेको ̓ गीतकार थापा बताउँछन् । कार्यक्रममा बोल्दै वडा नं। ८ का नवनिर्वाचित वडा अध्यक्ष, काशीनाथ अमगाइँले समाज विकासका लागि विद्यालय निकै महत्वपूर्ण भएको र यस्ता खाले सहयोगले सबैलार्इ केही गर्नुपर्छ भन्ने हौसल्ला पुग्ने धारणा राख्दै अभियानकर्ताको खुलेरै प्रशंसा गरेका थिए ।

Prakash-Thapa
त्यसैगरी अभियानकर्ता प्रकाशबाबु थापाले आफ्नो विशेष मन्तव्य राख्ने अब विद्यालय भवन बन्छ, म त एक माध्याम मात्र हुँ, सहयोग गर्नेहरू त अरु नै छन्, अन्य व्यक्तिहरूको खल्तीको पैसा झिकेर ल्याउने काम पनि गरेको छु । यसमा धेरैको रगत र पशिना मुछिएको छ, यसको सही सदुपयोग हुन सकेमा सहयोगी मनहरूको कदर हुन सक्छ ।

कार्यक्रममा अन्य वक्ताहरूले पनि सहयोगको तारिफ गर्दै सहयोगी व्यक्तिहरूलार्इ धन्यवाद व्यक्त गरेका थिए । सम्पूर्ण विद्यार्थीहरूलार्इ टी(सर्ट पनि वितरण गरिएको उक्त कार्यक्रममा स्थानीय वुद्धिजिबी, महिला, पत्रकार, बालबालिकाहरूको उल्लेखनीय थियो । कार्यक्रममा विद्यालयका सानासाना बालबालिकाहरूले स्वागत नृत्य प्रश्तुत गरेका थिए । शिक्षिका भगवती अधिकारीले संचालन गरेको कार्यकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकुमार श्रेष्ठले गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु