ग्रान्डीमा अर्थोपेडिकबारे चर्चा

म्यूजिक खबर
प्रकाशित: २ श्रावण २०७२, शनिबार

काठमाडौं । नेपाल अर्थोपेडिक एसोसिएसनले नियमित रुपमा गर्दै आएको अर्थोपेडिक क्लिनिकल मिटिङ यसपटक ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा सम्पन्न भएको छ ।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर चक्रराज पाण्डेको अध्यक्षतामा भएको सो मिटिङमा धुलिखेल अस्पतालका डाक्टर दिपक श्रेष्ठ, शिक्षण अस्पतालका डाक्टर सन्तोष पन्त, बीरेन्द्र अस्पतालका डाक्टर रितेश सिन्हा, ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका डाक्टर बिनोद बिजुक्छे, डाक्टर भाष्कर राज पन्त, डाक्टर नागमणी सिंह र बि एन्ड बि अस्पतालका डाक्टर अमित जोशीले नेपालमा अर्थोपेडिक सर्जरीमा हाँसिल भएका बिभिन्न उपलव्धीहरुवारे चर्चा गरेका थिए ।

grandy grandy hospital

नेपाल अर्थोपेडिक एसोसिएसनका साइन्टीफिक कमीटी चेयरम्यान समेत रहेका डाक्टर बिमल कुमार पाण्डेलेको चेयरम्यानका रुपमा क्लिनिकल मिटिङको समन्वय गरेका थिए ।
मिटिङमा सहभागी डाक्टरहरुले प्रस्तुतिका क्रममा नेपालमा बिश्वस्तरको अर्थोपेडिक सर्जरी र स्पोर्टस मेडिसिन उपचार सेवा प्रदान गरिरहेको तथ्य र अनुभव आदान प्रदान गरेका थिए । सो क्लिनिकल मिटिङमा देशका बिभिन्न अस्पतालमा कार्यरत ७५ जना भन्दा बढी अर्थोपेडिक सर्जनहरुको सहभागिता रहेको थियो ।

२

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु