घिमिरेलाई अभिनन्दन गर्दै महिलाले गाए गीत

म्यूजिक खबर
प्रकाशित: २४ चैत्र २०७१, मंगलवार

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई अभिनन्दन गर्दै महिला गीतकारहरुले आआफ्नो गीत वाचन गरेर सुनाए । महिला गीतकार संघको आयोजनामा राजधानीमा राष्ट्रकवि घिमिरेलाई ५० हजार नगदसहित दोसल्ला र ताम्रपत्रद्वारा अभिनन्दन गरेका हुन् । राष्ट्रकवि घिमिरेले नेपाली साहित्य, गीत संगीतको क्षेत्रमा पु¥याएको उल्लेख्य योगदानको कदर गर्दै संघले अभिनन्दन गरेको हो
संगीत नाट्य प्रज्ञा परिषद्का कुलपति सरुभक्तको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा परिषद्का उपकुलपति शम्भुजित बास्कोटा, वरिष्ठ गीतकार रत्नशमशेर थापा, यादव खरेल, गीतकार राजेन्द्र थापा, गायिका मिरा राणा लगायत विशिष्ठ अतिथिहरुको उपस्थितिमा राष्ट्रकविलाई सम्मान गरिएको हो । उक्त अवसरमा महिला गीतकार संघकी अध्यक्ष एवं प्राज्ञ उन्नति बोहरा शिलालाई बधाई पत्र प्रदान गरिएको थियो ।
महिला गीतकारहरु पनि सशक्त रुपमा गीत लेख्न सक्छन् भन्ने उद्देश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रममा महिला गीतकारहरुले आफ्ना गीतहरु वाचन गरेर सुनाएका थिए । महिला गीतकारहरु उन्नति बोहरा शिला, माया ठकुरी, भद्रकुमारी घले, विष्णा विरही, मिरा राणालगायत दर्जनौं गीतकारहरुले गीत वाचन गरेका थिए ।

yadav kharel mira rana shambhujit baskota nepal music unnati_sarubhakta

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु