छायाँछवि काव्य शृंखलामा गुन्जिए वसन्तप्रकाश र शान्ति

म्यूजिक खबर
प्रकाशित: २८ पुष २०७४, शुक्रबार

२८ पुष, काठमाडैं । छायाँछवि क्रियशनको आयोजनामा हुँदै आएको छायाँछवि काव्य शृंखलाको तेस्रो संस्करणमा कवि वसन्तप्रकाश उपाध्याय र गजलकार शान्ति शर्मा गुन्जिए । हिजो विहिबार बागबजारको सिटिम्याक्समा नेपाली चलचित्र जगतमा हाँस्य सम्राज्ञीको उपमा पाएकी बसुन्धरा भूषाल एवं प्रसिद्ध गीतकार कृष्णहरी बरालको विशेष आतिथ्यतामा छायाँछविले तेस्रो काव्य शृंखला सम्पन्न गरेको हो ।


कार्यक्रमको यस श्रृंखलामा अढाई दशकदेखि साहित्यमा क्रियाशिल रहदै आएका गोरखापत्र संस्थानका महाप्रवन्धक एवं कवि बसन्त प्रकाशले कविता बाचन गरेका थिए भने गजलकार शान्ति शर्माले गजलहरु सुनाएकी थिइन् ।

छायाँछवि काव्य श्रृंखलाकी संयोजक एवं मुक्तककार रश्मि रोदनको मुक्तक बाचन गर्दै कार्यक्रमबारे प्रकाश पारेकी थिइन् । छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले कार्यक्रमबारे प्रकाश पारे । मन्तव्य राख्दै शान्तिप्रियले साहित्य, संगीत र चलचित्रको त्रीवेणीलाई एकीकृत गराउने प्रयास स्वरुप आयोजना गरिदै आएको बताए ।


वाचन गरिएका स्रष्टाका सिर्जनामाथि विशेष अतिथि कृष्णहरि बरालले समीक्षा गरेका थिए । साथै कार्यक्रमको आयोजना आफूलाई निकै मन परेको एवं छायाँछविले उत्कृष्ट कार्य गरेको टिप्पणी गरेका थिए । त्यस्तै कार्यक्रमकी विशेष अतिथी चलचित्र अभिनेत्री बसुन्धरा भूषालले आफू यस्तोखाले लोकप्रिय साहित्यिक कार्यक्रममा आउन पाएकोमा खुशी व्यक्त गरेकी थिइन् । कार्यक्रमका श्रष्टाद्वय बसन्त प्रकाश उपाध्यय र शान्ति शर्माले आफूलाई तेस्रो सिलसिलामा चयन गरिएकोमा आभार व्यक्त गरेका थिए । कार्यक्रमकी संयोजक रश्मि रोदनले छायाँछवि काव्य शृंखलाको चौथो शृंखला आगामी माघ १६ मा गरिने बताएकी थिइन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु