छुट्टै पहिचान बनाउँछु : विष्णु

म्यूजिक खबर
प्रकाशित: २० बैशाख २०७१, शनिबार

काठमाडौं, २० बैशाख । लोकगायनको क्षेत्रमा क्रियाशील रहँदै आएकी गायिका विष्णु क्षेत्रीले आफूलाई लोकसंगीतमा छुट्टै पहिचान बनाउने गायिकाको रुपमा चिनाउने बताएकी छन् । चार वर्षदेखि निरन्तर गायनमा तल्लिन भइरहेकी गायिका विष्णुले लोकगायनको क्षेत्रमा आफ्नो पहिचान छुट्टै बनाउन सके मात्र स्थापित हुन सकिने बताएकी छिन् ।
चुलो बलाउने, नशालु हेराई, देवी देउता भाकेजस्ता एल्बममा आफ्नो स्वर दिइसकेकी विष्णुले केही म्यूजिक भिडियोमा मोडलिङ समेत गरिसकेकी छिन् । पछिल्लो समयमा लोकगीतमा थुप्रै विकृति आइरहेकोले यस्ता विकृतिलाई हटाउँदै मौलिक कला संस्कृतिको संरक्षणमा लाग्ने सोचका साथ अघि बढेकी गायिका विष्णु स्टेज कार्यक्रम संचालिका पनि हुन् । स्टेजका कार्यक्रम संचालनका अलावा उनीको स्टेजमा हुने गायन प्रस्तुति पनि निकै प्रशंसनीय बन्ने गरेको छ । मोफसलबाट काठमाडौं छिरेर गायनमा संघर्ष गर्न निकै गाह्रो भएको बताउँदै संगीत क्षेत्रमा पनि नातावाद र कृपावादले जरो गाडेको उनी बताउँछिन् ।
समयअनुसार स्रोताको मन जित्न सक्ने गीत गाउनु आजको आवश्यकता भएको बताउँ विष्णुले जीवन्त गीत जसले दिन सक्छ त्यो नै स्थापित हुने हुँदा आफू पनि त्यही बाटोमा लागेको बताइन् । भविश्यमा पनि लोकगीतलाई नै आत्मसात गर्दै अगाडि बढ्ने दृढ विश्वासका साथ अघि बढेकी विष्णु लोकगीतलाई आफ्नो ढुकढुकी नै सम्झने गर्छिन् । उनको नयाँ गीत सालैजोको यसै हप्ता म्यूजिक भिडियो पनि निर्माण हुँदैछ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु