जनचेतना जगाउन ‘घैंटोमा घाम’

म्यूजिक खबर
प्रकाशित: १३ पुष २०७२, सोमबार

छिमेकीको प्रगति देखेर रिसाउने छिमेकीहरु कस्ता हुन्छन् कल्पना नै गर्न सकिँदैन । बीचमा रहेको असल छिमेकीलाई दुईतर्फ रहेका छिमेकीले गर्ने व्यवहार देखेर आजित बनेको हाम्रो समाजले यतिबेला पीडा भोगिरहेकै छ । असल छिमेकीले आफ्नो प्रगति र उन्नतिका लागि केही गर्न खोजे दुई छिमेकी मिलेर बाधा र अड्चन खडा गरिदिने । आफ्नै घरमा केही उत्पादन र विकास निर्माणको कार्य गर्न खोजे, यसो किन गर्नुप¥यो हामीकहाँ छँदै छ यहींबाट लैजाउ भनेर आत्मनिर्भर बन्न सधैं रोकिरहने जस्ता प्रवृत्तिको मारमा अहिले हाम्रो नेपाली समाज बनिरहेको छ ।
एक दिन बीचको त्यो परिवारले आफ्नो छोरालाई स्कुल भर्ना गरिदिन्छ । त्यसपछि सँगैको छिमेकीले हामीलाई नसोधी किन पढाएको ? भन्दै उसको घर परिवारले पाउँदै आएको अधिकार र सर सुविधाबाट वञ्चित गरिदिन्छ ।

shivahari poudel_binod kc
नेपालका वर्तमानसँग ठ्याक्कै मिल्दो जुल्दो यो कथा राजधानीको एक स्कुलमा हालै देखाइएको सांकेतिक र सन्देशमूलक नाटक घैंटोमा घामको । आम्म निर्भर र सक्षम बन्नुपर्छ भन्ने सन्देशसहितको यो नाटक चिल्ड्रेन फर चिल्ड्रेन नामक संस्थाले राजधानीको प्यारागन स्कुलमा मञ्चन गरेको हो । संस्थाका महासचिव सहर्ष केसीका अनुसार आत्मर्भिरताको अभियानस्वरूपको यो प्रस्तुतिलाई प्यारागनबाट शुरू गरिए पनि आगामी दिनमा राजधानीका ५० स्कुलमा मञ्चन गरिनेछ। मनोरञ्जनात्मक र हास्य शैलीमा प्रस्तुत गरिएको उक्त नाटकमा किरण केसी, शिवहरि पौडेल, विनोद केसी र हिमा कोइरालाले अभियन गरेका थिए भने यसको निर्देशन शिवहरि पौडेलले गरेका थिए ।

rata makai
करिब २५ मिनेटको नाकट हेरेर विद्यार्थीहरू रमाएका थिए । नाटक मञ्चनपश्चात् आयोजक संस्थाका पदाधिकारीहरूले विद्यार्थीसँग अन्तरक्रिया गरेका थिए। नाटक संस्थाका अध्यक्ष रूपेन कपालीले लेखेका थिए ।

paragon school1 paragon school saharsa kc

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु