जनवादी गायक खुसीराम पोखरामा सम्झिइँदै !

म्यूजिक खबर
प्रकाशित: १८ पुष २०७४, मंगलवार

पुस १८, पोखरा । जनवादी गायक खुसीराम पाख्रिनलाई पोखरेली कलाकारहरुले गीतमार्फत् सम्झने भएका छन् । जनवादी गीत सङ्गीतकै क्षेत्रमा क्रियाशील सङ्गम सांस्कृतिक मञ्चले पाख्रिनलाई सम्झिन लागेको हो ।

सङ्गम सांस्कृतिक यात्राको दोस्रो शृङ्खला पाख्रिनकै प्रमुख आतिथ्यमा सञ्चालन गर्ने तय भइसकेको अवस्थामा उहाँको मङ्सिर ५ गते चितवनको चुनावी सभामा गीत गाउँदा गाउँदै ढलेर निधन भएको थियो ।

सो शृङ्खलामा सम्मानस्वरुप पाख्रिनकै गायन, शब्द र सङ्गीत भएका एक दर्जन चर्चित गीतहरु गाइने अध्यक्ष काजी गाउँलेले जानकारी दिनुभयो । पोखरा उद्योग वाणिज्य सङ्घको सभाहलमा यही पुस २२ गते शनिबार मध्यान्ह १२ः३० बजे हुनेकार्यक्रममा मञ्चका कलाकारहरुले करिब १ दर्जन गीत गाउने छन् । कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

मञ्चले यसअघि जनताका गायक रामेशको प्रमुख आतिथ्यमा सङ्गम सांस्कृतिक यात्राको पहिलो शृङ्खला सम्पन्न गरेको थियो ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु