जहाँ गए नि उसलाई नै सपनामा देख्छुः गायक राई

म्यूजिक खबर
प्रकाशित: ३० मंसिर २०७३, बिहीबार

मङ्सिर २९, काठमाडौं । गायक राजेश पायल राईले आफ्नो लोकप्रिय गायक खेमराज गुरुङको निधनपछि जहाँ जाँदा पनि सपनामा आउने गरेको बताए । गायक राईले खेमराज गुरुङको पछिल्लो एल्बम घुमफिर सार्वजनिक समारोहमा बोल्दै भने – ‘म नेपाल वा नेपालबाहिर जहाँ पुग्छु ऊ मेरो सपनामा आउने गर्छ ।’ राईले आफ्नो सबैभन्दा नजिकको मित्र गुमाएको बताउँदै गर्दा भक्कानिँदै उसको अभाव खड्किरहेको छ भने । राईले मानिसलाई एक दिन त जानै पर्ने रहेछ भन्दै खेमराजका धेरै गीतहरु बजारमा आउन बाँकी रहेको र त्योे सपना पूरा गर्न आफू लागि पर्ने बताए ।

khemraj
संगीतकार संघ नेपालको आयोजनामा अमर स्रष्टा खेमराज गुरुङको पछिल्लो एल्बम घुमफिर सार्वजनिक गरेको हो । बाँकी गीतहरु कति स्टुडियोमा रहेका छन् कति संगीत मात्र गरिएर राखिएको अवस्थामा रहेको बताउँदै संघका अध्यक्ष लक्ष्मण शेषले त्यो गीतहरु बजारमा ल्याउने काम अब संगीतकार संघले गर्ने प्रतिबद्धता व्यक्त गरे । घुमफिर एल्बम नेपालको पर्यटकीय क्षेत्रहरुलाई समावेश गरेर बनाइएको एल्बम भएको बताउँदै अध्यक्ष शेषले पयर्टन वर्ष घुमफिर वर्ष भन्ने सोच अनुसार गायक गुरुङले तयार पार्नुभएको हुनसक्छ भने । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ श्रवण मुकारुङ, नेपाल नाट्य तथा संगीत प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भूजित बास्कोटा लगायतले गायक गुरुङका बारेमा बोलेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु