ठुलीले रुवाउँदा, धीरजले नचाए

म्यूजिक खबर
प्रकाशित: ९ फाल्गुन २०७२, आईतवार

काठमाडौं । नेपथ्यमा पञ्चेवाजा घन्केपछि स्टेजमा विवाहको जन्ति देखा परे । तर अचम्म दुलाहा दुलही भने ससाना बालबालिका थिए । केही समयको वैवाहिक तामझामपछि उनीहरु स्टेज पछाडी गए । नेपथ्यमा धुन बदलियो । केही समयअघिको तामझाम पीडामा बदलिएको धुनबाटै प्रस्ट हुन्थ्यो । दुलही बनेकी सानी नानीलाई पिट्दै बाहिर निकालियो । उनलाई एउटा पोको थमाएर घरबाट निकालिएपछि दर्शकको आँखा रसाउन थाल्यो । यो दृश्य हो नाटक ‘ठुली’ को । काठमाडौंको बौद्धस्थित भुवलडांडामा रहेको जेनेसिस एकेडेमीले विद्यार्थीमा अन्तरनिहित प्रतिभा उजागर गर्न आयोजना गरेको वार्षिक प्रतिभा प्रदर्शन कार्यक्रममा बालविवाह र त्यसले निम्त्याउने भयावह स्थिती समेटेर नाटक ठुली मञ्चन गरेको हो ।

IMG_8632

सो विद्यालयका शिक्षक गोकुल थपलियाको निर्देशन रहेको यस नाटकमा सन्तोष सुनवार, लोप्साङ तामाङ, पजा विक, पेम डिकी सेर्पा, अनिता गहतराज, छिरिङ तामाङ र पासाङ ल्यामुले अभिनय गरेका थिए । विद्यार्थीमा रहेको प्रतिभा उजागर गर्न यस्ता कार्यक्रम नियमित आयोजना गर्दै आएको विद्यालयका संस्थापक निर्देशक रुषमाया तामाङले जानकारी दिइन । ‘यस्ता प्रतियोगीताले गुणस्तरीय शिक्षाका लागि पनि सहयोग पुर्याउँछ’, उनले भनिन ।

IMG_8647
कार्यक्रममा सहभागी विद्यार्थी, अभिभावक, शिक्षक एवं विभिन्न क्षेत्रका सेलिब्रेटीहरु विद्यार्थीको प्रभावकारी अभिनयका साथै मर्मस्पर्शी एवं सन्देशमुलक नाटक हेरेर मन्त्रमुग्घ भएका थिए । मन छुने नाटकबाट आँखा रसाएका सहभागीलाई चर्चित पपस्टार धीरज राईले आफ्नो गीतमा नचाएपछि कार्यक्रमको वातावरण पुन उल्लासमय बनेको थियो । धीरजले लुकीलुकी आँखा तिमी, सोइ ढोले सोइ, तिमी रुँदा एक्लै हुँदाजस्ता आफ्ना सदाबहादर गीत प्रस्तुत गरेका थिए । ‘विद्यालयमा अध्ययनरत ससाना बालबालिकाले पनि यी गीत मसँगै गाएको देख्दा अचम्म लाग्छ’, धीरजले भने, ‘कतिपय गीत निस्चित समयपछि हराउँछ । तर यी गीतहरु नयाँ पुस्तामा उत्तिकै लोकप्रिय र कन्ठ भएको देख्दा खुसी लाग्छ ।’

IMG_8630
सस्कृतीकर्मी … को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सो विद्यालयमा अध्ययनरत पुर्ण तामाङ र जोएल थपलियाले गीत प्रस्तुत गरेका थिए भने अनिशा खड्गी, पेम डिकी सेर्पा, निशी मगर, राज मगर, पुष्पा मगर, सरिता थिङ, सन्तोष सुनुवार, दावा लामा, ज’नी लामा, मनिष मगर, लाक्पाडोल्मा तामाङ, सुएस श्रेष्ठ, सोनी मगर, सोनाम मोक्तन, निशान श्रेष्ठ, रोनेश तामाङ, सलिना भुजेल, याङजी सेर्पालगायतले नृत्य प्रस्तुत गरेका थिए ।

IMG_8611
जेनेसिस एकेडेमीमा अध्ययनरत छात्राहरुबीच भएको मिस जेनेसिस २०७२ मा कक्षा ९ मा अध्ययनरत छोइलिङ साङमो लामाले शिर्ष उपाधि जित्न सफल भइन । त्यसैगरी कक्षा ६ मा अध्ययनरत पेमा छोमु लामा र कक्षा ८ मा अध्ययनतर भ्रुमेन्दो तामाङ क्रमस फस्ट र सेकेन्ड रनरअप घोसित भए । उनीहरुलाई गतवर्षका विजेता, फस्ट र सेकेन्ड रनरअप अनिता लामा, श्रेया खरेल र रोसा मारिया लामाले आआफ्ना उत्तराधिकारीलाई ताज लगाइदिएका थिए ।

IMG_8642

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु