डाँडैमा बिजुली आएपछि यस्तो रौनक (भिडियो)

म्यूजिक खबर
प्रकाशित: २५ फाल्गुन २०७३, बुधबार

फागुन २५, काठमाण्डौ । यतिबेला नेपाल बिधुत प्रधिकरण नेपालका हरेक कुनाकुनामा बिजुली पु¥याउने र शहरमा लोडसेडिङमुक्त गर्ने अभियानमा छ । यो समयमा डाँडैमा बिजुली आएको खुशीयालीमा मोडलद्वय शंकर वि.सी. र पार्वती राई छमछम नाचेका छन् ।

सुनखानी म्युजिक प्रालिको प्रस्तुतीमा चर्चित गीतकार, संगीतकार तथा गायक विरही कार्कीले लोक तथा दोहोरी गीत ‘डाँडैमा बिजुली आएको’ बजारमा ल्याएका हुन् । गीतमा विरही कार्की र नवगायिका कल्पना सुनुवारको सुमधुर स्वर रहेको छ । गीतको शब्द तथा संगीत कार्कीको नै रहेको छ ।

Shankar bc- Parbati Rai- Birahi karki

‘डाँडैमा बिजुली आएको’लाई सुनखानी म्युजिक निर्माणमा शाही भिजन प्रालिले म्युजिक भिडियो निर्माण गरेको छ । शंकर वि.सी. र पार्वती राईको अभिनय रहेको म्यूजिक भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन् । भिडियोलाई करन चैसिरले छायांकन गरेका हुन भने विष्णु शर्माले सम्पादन गरेका हुन् ।

भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु