तमसुक लेख्दै नारायण

म्यूजिक खबर
प्रकाशित: १४ पुष २०७०, आईतवार

काठमाडौं, १४ पुस । यसभन्दा अघि म्यूजिक भिडियोहरुमा अभिनय गर्दैमा व्यस्त रहेका नारायण ढकाल अब भने तमसुक लेख्नेतर्फ लागेका छन् । तमसुक लेख्ने काम भन्दैमा वकिल भने बनेका होइनन् तर तमसुक लेख्ने काम म्यूजिक भिडियोमा नै गर्न लागेका हुन् । आधा दर्जनभन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेका नारायणले अब भने लोकदोहोरी गीत ‘तमसुक लेखिन्छ’ बजारमा ल्याउने तयारीमा लागेका हुन् ।
रेकर्डको सम्पूर्ण काम सकाएर म्यूजिक भिडियोको तयारीमा रहेका नारायणले बजारमा ल्याउनका लागेको तमसुक लेखिन्छमा लय तथा शब्द भने एकनारायण भण्डारीको रहेको छ । विनोद बाजुरालीले एरेन्ज गरेको उक्त गीतमा कुलेन्द्र वि.क. र पूर्णकला बि.सीको स्वर रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु