तरुनी देखिन सर्जरी

म्यूजिक खबर
प्रकाशित: २७ मंसिर २०७०, बिहीबार

लन्डन, (एजेन्सी) । सधैं युवा र सुन्दर देखिने इच्छा कसको नहोला ? अझ सेलिब्रेटीका लागि सुन्दरता अचुक औषधी नै हो । त्यसैले त सेलिब्रेटीहरु सुन्दर देखिन अनेक उपाय खोजिरहेका हुन्छन् । यस्तै, गायिका ब्रिट्नी स्पेयर्स पनि आफ्नो सुन्दरताप्रति सधैं सजक हुँदै आएकी छन् । उनी चाहिन्छन्, ‘सधै सुन्दरसँगै तरुनी देखिरहँु ।’
पछिल्लो एक दशकयता ब्रिटनीले आफूलाई युवती देखाउन विभिन्न उपाय रच्दै आएकी हुन् । ब्रिट्नी युवती देखिने मोहमा जे पनि गर्न तयार छिन् । सुन्दर र युवा लुक्स देखिन उनले प्लाष्ट्रिक सर्जरीको सहयोग लिँदै आएकी छन् । ‘इन स्टाइल’ म्यागजिनको जनवरी संस्करणमा ब्रिट्नीले आफू युवती देखिन प्लाष्ट्रिक सर्जरी गर्ने गरेको खुलासा गरेकी छन् ।
ब्रिट्नीले एक स्थानीय प्लास्टिक सर्जनसँग सर्जरीका लागि सल्लाह लिँदै आएकी छन् । उनले भनेकी छन्, ‘म बेवर्ली हिल्सका प्लास्टिक सर्जन डा. राज कनोडिया कहाँ सर्जरी गर्न जाने गरेकी छु ।’ उनले अनुहारको मात्र नभई ओठको पनि सर्जरी गराएकी छन् । उनका अनुसार डा. कनोडियासँग सर्जरी गर्न क्यारून डियाज, जेनिफर एनिस्टन, सिन्डी क्राफोर्ड र एश्ली सिम्पसन पनि जाने गरेका छन् । यी सेलिब्रेटी ती सर्जरी डाक्टरका नियमित ग्राहक हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु