तायाहाङ्मा राईको ‘कता कता सपनीमा’ सार्वजनिक (भिडियो)

म्यूजिक खबर
प्रकाशित: ९ फाल्गुन २०७३, सोमबार

फागुन ९, काठमाडौ । गायिका तायाहाङ्मा राईको स्वरमा रहेको ‘कता कता सपनीमा’ बोलको गीत सार्वजनिक भएको छ । पछिल्लो समय विभिन्न कन्सर्ट र गीत रेकर्डिङमा ब्यस्त गायिका तायाहाङ्माले यो गीतलाई रेकर्डिङ स्टुडियोमै लिप्सिङ भिडियो सहित सार्वजनिक गरेकी हुन् । प्रतिक चाम्लिङको शब्द तथा पुजन लोहागणको संगीत र चान्द सिंहको एरेञ्ज रहेको गीति भिडियोलाई गायिका तायाहाङ्माले आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरेकी हुन् ।IMG_8533
गायिका तायाहाङ्माले सार्वजनिक गीतको बारेमा बोल्दै ‘यो गीतको शब्द, संगीत लगायत गीतको सबैपार्ट सशक्त रहेकोले पनि आफैलाई मनपरेको गीत भएको बताइन् । थप्दै भनिन्, ‘यो गीत श्रोताहरुले मनपराउनु हुन्छ भन्ने सोचेकी छु ।’ गायिका तायाहाङ्माले संगीतकार पुजन लोहागणको संगीतमा धेरै गीतहरु गाएको र उहाको संगीतमा फरकपन मिठास हुने बताइन् ।

IMG_8472
यस गीतका गीतकार प्रतिक चाम्लिङ हङकङमा रहेर पनि नेपाली साङ्गीतिक क्षेत्रमा योगदान गरिरहेका स्रष्ठा हुन् । लामो समयदेखी गीत सृजनामा सकृय चाम्लिङपनि यो गीतलाई श्रोताहरुले रुचाउने आसा रहेको बताए । त्यस्तै यस गीतका संगीतकार पुजन लोहागण यो गीतको बारेमा बोल्दै यो गीत सुन्ने सबैले मनपराएको बताए । संगीतकार पुजन सिक्किमबाट नेपाली संगीतमा लामो समयदेखी सकृय रहेका छन् ।
गायिका तायाहाङ्मा राई पछिल्लो समय दास्रो एल्बम ‘तराना’ ल्याएकी थिइन् । गायिका तायाहाङ्मा राई अहिले केही गीतको भिडियोमा ब्यास्त रहेको बताइन् ।  – तस्बिर: विशाल राई

भिडियो:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु