‘तिमीसँग’ को पहिलो रोमान्टिक गीत रिलिज

म्यूजिक खबर
प्रकाशित: १९ असार २०७४, सोमबार

असार १९, काठमाडौं । भाद्र ८ गतेलाई रिलिज डेट लक गरिएको साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘तिमीसँग’ को पहिलो रोमान्टिक गीत रिलिज भएको छ । ‘लडेँ लडेँ’ बोलको गीतमा नायिका साम्राज्ञी र नायक आकाश श्रेष्ठ फिचरिङ छन् ।   गीतमा साम्राज्ञी आकाशको पछि लागेकी छिन् । मधुरा भट्टचार्यको स्वर रहेको गीतमा नरेश भट्टराईको शब्द र राहुल मुखर्जीको संगीत सुन्न सकिन्छ । गीतमा कैद गरिएको लोकेशन मनमोहक छ ।

timisagha-Samragyi

फिल्ममा साम्राज्ञीसँग नाजिर हुसेन र आकाश श्रेष्ठको मुख्य भूमिका छ । अभिनेता शिशिर राणा यो फिल्मबाट निर्देशनमा डेब्यु गर्दैछन् । फिल्मको कथा पनि निर्देशक तथा निर्माता शिशिरकै हो ।  फिल्ममा रोशन भट्टराईको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी र सुशिल क्षेत्रीको छायांकन छ । यो फिल्मसँग भाद्र ८ गते निशा अधिकारीले निर्माण गरेको सौगात मल्ल र वेनिशा हमाल अभिनित फिल्म ’झ्यानाकुटी’ रिलिज हुने फाइनल भैसकेको छ ।

वर्ष २०७२ मा रिलिज भएको फिल्म ‘ड्रिम्स’बाट नेपाली रजतपटमा भित्रिएकी साम्राज्ञीको दोस्रो रिलिज बन्न लागेको फिल्म ‘तिमीसँग’को एक हप्तापछि फिल्म ‘ए मेरो हजुर २’ रिलिज हुँदैछ । यसमा पनि साम्राज्ञी मुख्य भूमिकामा छिन् । एक हप्ताको अन्तरमा आफू अभिनित दुई फिल्म रिलिज हुने भएपछि अहिले साम्राज्ञीको भोक—निन्द्रा हराएको

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु