तेश्रो छायाँछवि काव्य श्रृंखलामा वसन्त र शान्ति

म्यूजिक खबर
प्रकाशित: १६ पुष २०७४, आईतवार

१६ पुष, काठमाडौं । छायाँछवि क्रियशनको आयोजनामा हुँदै आएको छायाँछवि काव्य श्रृंखलाको तेश्रो संस्करणमा कवि वसन्त प्रकाश र गजलकार शान्ति शर्मा गुन्जिने भएको छ । आगामी पौष २७ गते सिटिम्याक्स बागबजारमा सम्पन्न हुन गइरहेको छायाँछवि काव्य श्रृंखलामा कवि वसन्त प्रकाशका र गजलकार शान्ति शर्माका करिब दुई दर्जन कविता र गजल वाचन हुने भएको छ ।


साहित्यको क्षेत्रमा आफूलाई अब्बल बनाएका कवि वसन्त प्रकाश यात्रा करिब साढे दुई दशकभन्दा बढी भइसकेको छ । त्यस्तै गजलमा आफूलाई अब्बल रुपमा उभ्याउन सफल शान्ति शर्माका गजलहरुमा आफूलाई समाहित गराउने स्रोताहरुमा उत्तिकै धेरै छन् । कविता र गजल वाचनको शैलीलाई पछ्याउने क्रममा चलचित्र, गीतसंगीतमा क्रियाशील रहँदै आएको संस्था छायाँछविले अब साहित्यको क्षेत्रमा चालेको यो यात्राको तेश्रो चरण आगामी पौष २७ गते गुन्जिने भएको आयोजक संस्थाका अध्यक्ष शान्तिप्रियले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु