दिलिपलाई निताकोे प्रश्नः सुको कमाई नहुनेले मलाई कसरी पाल्छौ ?

म्यूजिक खबर
प्रकाशित: १० पुष २०७३, आईतवार

पौष १०, काठमाडौं । जमाना बदलियो, पहिला केटी माग्न जाँदा खानदानी हेर्दा पुग्थ्यो वा समाजले राम्रो केटा हो भनिदिए हुन्थ्यो तर आजभोलिका केटाले माग्न जाँदा केटीले नै सोध्न थाल्ने भएका छन् – सुको कमाइ नहुनेले कसरी पाल्छौ ? भनेर प्रश्न सोध्ने भएका छन् । नेपाली चलचित्र क्षेत्रकी पछिल्लो समयकी चल्तीकी नायिका निता ढुङ्गानालाई दिलिप रायमाझीले आँटेको कुरा बताएपछि निताले दिलिपलाई प्रश्न गरेकी छन् सुको कमाई नहुनेले मलाई कसरी पाल्छौ ? जवाफ दिएकी छन् । आखिर माया नै त हो दिलिपले नितालाई माया लाउला जे छ त्यही खाउँला भनेर फकाएका छन ।

nita
दलिप र निताको यो प्रेम सम्वाद गीतकार लोकराज अधिकारीको नयाँ गीतको म्यूजिक भिडियोमा कैद गरिएको सम्वाद हो । अमेरिकामा रहेका गायक जितेन्द्र गिरीको स्वर र अर्जुन पोख्रेलको संगीत एबं संगीत संयोजन रहेको गीतको म्यूजिक भिडियोलाई प्रशन्न पौडेलले निर्देशन गरेका हुन । दिपेन्द्र तिमल्सिनाले कोरियोग्राफ गरेको म्यूजिक भिडियामा सुदीप बरालले क्यामेरा चलाएका छन् भने टेकेन्द्र शाहले सम्पादन गरेका हुन । म्यूजिक भिडियोमा दिलिप र निता सँगै सन्ध्या र दिपेन्द्रको पनि अभिनय रहेको छ । गायनमा जितेन्द्रलाई बिन्दु परियारले साथ दिएकी छन । म्यूजिक भिडियोको केहि भाग अमेरिकामा खिचिएको हो । अमेरिकामा गएको बर्ष भएको गायन प्रतियोगीता बर्ष बेष्ट पर्फमर सिजन–१ का बिजेता समेत रहेका गायक गिरीले छिट्टै अर्को एल्वमको तयारी गरेका छन् । महेश खडकाको संगीत र लोकराज अधिकारीका शब्दका दुई गीतमा अहिले काम भैरहेको गिरीले बताएका छन । म्यूजिक भिडियो गायक गिरीको जन्म दिनको अबसर पारी आइतबार सार्बजनिक गरिएको हो ।

nita-dilip

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु