दीपिका–रणवीर ‘दम्पती’

म्यूजिक खबर
प्रकाशित: ३ माघ २०७०, शुक्रबार

फिल्म ‘रामलीला’ मा सँगै काम गरेपछि अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंहबीचको प्रेम गहिरिएको गाइँगुइँ हल्ला चलेको थियो । अब यो जोडी श्रीमान्–श्रीमती बन्ने भएको छ । वास्तविक जीवनमा नभई आगामी फिल्म ‘फाइन्डिङ फ्यानी फर्नान्डिस’मा उनीहरूले श्रीमान्–श्रीमतीको भूमिकामा आफूलाई उतार्ने तय भइसकेको छ ।
‘फिल्मको अधिकांश दृश्यमा दीपिका र रणवीरलाई देखाइनेछ । उनीहरूको ‘केमेस्ट्री’ मिलेकाले यो फिल्मबाट दुवैले तहल्का मच्चाउँछन् भन्ने हाम्रो विश्वास छ,’ स्रोतले भन्यो । दिनेश भिजन फिल्मका निर्माता हुन् ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु