ध्वनी सम्पादनका हस्ती श्यामश्वेत– जसले मनाउँदैछन् आज जन्मदिन !

म्यूजिक खबर
प्रकाशित: ९ फाल्गुन २०७४, बुधबार

फागुन ९, काठमाडौं । आज अर्थात फागुन ९ गते नेपाली संगीत क्षेत्रका लागि विशेष दिन पर्न गएको छ । नेपाली नेपाली गीत संगीत क्षेत्रलाई स्तरीय र विकसीत बनाउन महत्वपूर्ण योगदान पू¥याउँदै आएका ध्वनी सम्पादक, संगीत संयोजक एवं गायक श्यामश्वेत रसाइलीले आज जन्मदिन मनाउँदैछन् ।

हाल प्रिज्म रेकर्डिङ स्टुडियोका चर्चित ध्वनि सम्पादक श्यामश्वेत रसाइली सानै उमेरदेखि प्राविधिक कार्यमा चकचके स्वभावका थिए । बालापनमा नै घरका रेडियो लगायतका ईलेक्ट्रोनिक्स सामग्री खोल्ने, बिगार्ने र बनाउने श्यामको स्वाभाव थियो । अहिले आएर त्यो स्वभावलाई चकचक नभनेर उनको भविष्यमा इन्जिनिएर बन्ने लक्षण थियो भन्न सकिन्छ ।

एसएलसी पछि दाजु संगीतकार वि.वि. अनुरागीसंग पोखरा पढ्न गएका श्यामको चासो र जिज्ञासालाइ बुझेर उनको दाजुले श्यामलाइ ईलेक्ट्रोनिक्स पसलमा काम सिक्न पठाएका थिए । पछि दाजु सँगै काठमाडाको रिमा रेकर्डिङमा काम सिक्न थाले । श्यामको रुची प्राविधिक काममा भएकोले उनले यहिबाट धेरै कुरा सिके । ६१ सालमा कम्प्युटरबाट प्राविधिक काम सिक्न थालेका गित रेकर्डिङ देखि मिक्सिङ गर्न पनि थाले ।

उतिबेला मिक्सिङ गरेका गीततहरुमा लोक दोहोरी गीत डोरी फुर्काले निकै सफल भएको अनुभव सुनाएका श्यामलाइ व्यावसायिक मिक्सिङसंगै ध्वनि सम्बन्धि औपचारिक शिक्षाले झनै महत्वपूर्ण ध्वनि विज्ञ बनायो । सांगीतिक कार्यक्रमका शिलशिलामा अमेरिका पुगेर आफ्नो प्रस्तुति समेत दिएका श्याम गायक ,ऐरेन्जर र संगीतकारका रुपमा चर्चित छन । आधुनिक गितमा रेडियो नेपालबाट स्वर परिक्षा समेत पास गरेका छन ।

श्यामको सृजनशिल हातले सम्पादन गरेका हजारौं गीतहरु सांगीतिक बजारमा चर्चा बटुल्न सफल भएका छन् । सुर्के थैली खोई र पुर्व पश्चिम रेल लगायतका गीतलाई उदाहरणमा लिन सकिन्छ । श्यामले ध्वनि सम्पादनमा विभिन्न सम्मान प्राप्त गरेका छन ।

उत्कृष्ट ध्वनी सम्पादक श्यामश्वेतलाई म्यूजिक खबर परिवारको तर्फबाट जन्मदिनको असिम शुभकामना ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु