नवीनसँग टीका ग्रहण गर्दै अमेरिकामा दसैं सम्पन्न

म्यूजिक खबर
प्रकाशित: १० कार्तिक २०७२, मंगलवार

अमेरिकामा रहेका नेपाली कलाकारहरुले वरिष्ठ गायक नवीन ढुंगेलसँग टीका ग्रहण गर्दै दशैं मनाएका छन् । दसैंका अवसर पारेर अमेरिकाको न्यूयोर्क शहरमा रहेका कलाकारहरुले गायक ढुंगेलको हातबाट टीका ग्रहण गर्दै दसैंको खुशीयाली मनाएका हुन् । गायक कन्हैया सिंह, गायिका निशा सुनार, नायक विक्रान्त बस्नेत, लगायतका कलाकारहरुले दसैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाको दिनमा गायक ढुंगेलको हातबाट टीका ग्रहण गर्दै दसैंलाई विदा गरेका छन् । उक्त अवसरमा गायक अभय ढुंगेलको पनि उपस्थिति रहेको थियो ।
माछि मारन दाजू रक्सीलाई चटनी, मन पर्ने एउटा साली छ जस्ता सदाबहार गीतका गायक ढुंगेल दसैं तिहार मनाउनका लागि अमेरिका पुगेका पुगेका हुन् भने गायक ढुंगेल अब केहीसमयपछि नेपाल फर्कने योजनामा छन् । उनै गायक ढुंगेललाई अभिभावक मान्दै त्यहाँ रहेका कलाकारहरुले दसैंमा आशिष लिएको गायक कन्हैया सिंहले म्यूजिकखबरलाई बताए । टीका ग्रहणसँगै गायक ढुंगेलले पुरुष कलाकारलाई ढाकाटोपी पहि¥याइदिएका थिए भने महिला कलाकारलाई नेपाली रुपैयाँसहित खादा पहि¥याइदिएर दसैंको खुशी बाँडेका थिए ।

america _kanhaiya_ nisha_ nabin (6) america _kanhaiya_ nisha_ nabin (5) america _kanhaiya_ nisha_ nabin (4) america _kanhaiya_ nisha_ nabin (3) america _kanhaiya_ nisha_ nabin (2) america _kanhaiya_ nisha_ nabin (1)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु