नवीन र देवीले नयाँ पार्टी खोल्ने

म्यूजिक खबर
प्रकाशित: ११ श्रावण २०७३, मंगलवार

पछिल्लो नेपालको आर्थिक स्थिति खस्कँदै गएको छ, उद्योगधन्दा खोल्नेहरु कता छन् कता तर राजनीतिक पार्टी खोलेर पैसा कमाउनेको भने होडबाजी नै छ । सबैले भन्छन् राम्रो कमाई गर्नु छ भने पार्टी खोल, राजनीति गर । एक दुई दिन बन्द गरेपछि पार्टीले उचाइ लिइहाल्छ अनि सत्तासँग बार्गेनिङ सुरु भइहाल्छ आम्दानीको बाटो नै त्यही किन पढिरहनु भन्नेहरुकै भीडमा छन् नवीन र देवी पनि ।

bijaya thapa

गायक नवीन पौडेल र गायिका देवी हमाल यतिबेला नयाँ पार्टी खोल्ने तरखरमा छन् । उनीहरु यतिबेला आफ्नो प्रचार प्रसारमा जुटेका छन् नयाँ पार्टी खोलेर पैसा कमाउने । एलएसलसीमा चार विषय लाग्नेहरु त पार्टी खोलेर हात्तीछाप चप्पलबाट कारमा चढ्ने भइसके हामीमा के कम छ र ? भन्दै हिंडेका छन् । यिनीहरुको नयाँ पार्टी पनि आम्दानीको स्रोत नै बनोस् भन्ने शुभकामना ।


शिवदर्शन डिजिटलबाट बजारमा आएको तिज गीत नयाँ पार्टी खोल्छुमा नवीन पौडेल र देवी हमालले स्वर दिएका छन् भने देवी हमालको शब्द नवीन पौडेलको लय रहेको छ । पछिल्लो समय तिजको अवसर पारेर व्यंग्यात्मक र रत्यौलीहरु बजारमा आइरहेका छन् त्योमध्येको यो व्यंग्यात्मक गीतमा कमल गाउँले र चम्सुरी, विजय थापा र ऋचा थापाको अभिनय रहेको छ । भिडियोलाई विजय थापाले निर्देशन गरेका हुन् भने हरिष महराको छायाँकन रहेको छ । प्रविन रेश्मीमगरको सम्पादन रहेको यस म्यूजिक भिडियोको कार्यकारी प्रमुख भने गायत्री थापा हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु