नाचघरमा सुगम संगीत यात्रा

म्यूजिक खबर
प्रकाशित: ७ माघ २०७३, शुक्रबार

माघ ७, काठमाण्डौ । सुगम संगीतको क्षेत्रमा गत वर्षदेखि निरन्तर कार्यक्रम गर्दै आएको जे.इं. म्यूजिक एकेडेमी, त्रिवेणी संगीतालय र अनुपम म्यूजिक पोखराले माघ ८ गते शनिबार राष्ट्रिय नाचघर जमलमा पपनि सुगम संगीत यात्रा गर्दैछ । ‘नेपाली संगीतको उत्थान हाम्रो अभियान’ भन्ने मूल नारालाई आत्मसात गर्दै सुगम संगीतको यात्रा गर्दै आइएको हो । सांस्कृतिक संस्थानको प्रबद्र्धनमा सुगम संगीत यात्राको १९ औं श्रृंखला शनिबार सम्पन्न हुन गइरहेको, गायक रामभक्त जोजिजूले म्यूजिकखबरलाई जानकारी गराए ।

modern songs

०७२ श्रावण २ गतेबाट तालबराही मन्दिरबाट सुरु भएको सुगम संगीत यात्राले प्रत्येक महिनाको पहिलो वा दोस्रो शनिबार यो कार्यक्रम गर्ने गरेको छ । संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तको प्रमुख आतिथ्यता एवं सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाको विशेष आतिथ्यतामा सम्पन्न हुने यस कार्यक्रममा रामभक्त जोजिजू, सिडी विजय अधिकारी, राज सागर, बीबी अनुरागी, वसन्त सापकोटा, दुर्गा परियार, भविन ढुंगानालगायतको प्रस्तुति रहने भएको छ । भोली विहान ११ बजेबाट सुरु हुने यस कार्यक्रमले गीतसंगीतको क्षेत्रमा नयाँ उचाइ कायम गर्दै अगाडि बढ्ने बताइएको छ । मुलुकका विभिन्न क्षेत्रमा गएर सुगम संगीत यात्रा सम्पन्न गर्ने गरेको यो सांगीतिक अभियान दार्जिलिङ लगायत पूर्वमा पनि सम्पन्न भइसकेको आयोजक संस्थामध्येका अनुराग अधिकारीले म्यूजिक खबरलाई बताए ।

sangeet yatra

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु