नायिका मिरा गुरुङ अब गायिका पनि (भिडियो)

म्यूजिक खबर
प्रकाशित: २२ मंसिर २०७३, बुधबार

music-video-gurung-ki-chhori-meera-gurung-model-avtress-artistnepal-nava-dhungel-14

काठमाण्डौ, २२ मङ्सिर । पछिल्लो समय नेपाली नायिकाहरु गायनमा पनि सकृय हुन थालेका छन् । यहि क्रमलाई पछ्याउँदै गुरुङ चलचित्रकी चर्चित नायिका मिरा गुरुङ अब गायिकामा पनि फड्को मारेकी छिन् । आधा दर्जन गुरुङ चलचित्रकी नायिका तथा अमेरिकन नेपाली कलाकार संघको उपाध्यक्ष समेत रहेकी मिरा गुरुङ ‘गुरुङ कि छोरी’ गीत मार्फत गायनमा प्रबेश गरेकी हुन् ।

गुरुङ चलचित्रको उत्कृष्ट नायिकाको एवार्ड समेत हात पारिसकेकी मिराले यस गीतमा लोक र गुरुङ भाषा फ्युजन गरेकी छिन् । झन्डै १ दर्जन भन्दा बढी म्युजिक भिडियोमा समेत अभिनय गरिसकेकी नायिका तथा गायिका मिरा गुरुङको यस म्युजिक भिडियोमा गुरुङ कल्चर र लोक परिबेशलाई देखाउन खोजिएको छ । भिडियोलाई पोखराको बिभिन्न रमणिय स्थानहरुमा छाँयांकन गरिएको हो ।

मिन बहादुर तामङको रचना , सन्तोष प्रगाढको संगीतमा, राकेश ओली तथा नरेन्द्र बियोगीको एरेन्ज तथा मिक्सिङ रहेको यस गीतको म्युजिक भिडियोमा गुरुङ चलचित्रमा आफ्नो स्थान जमाईसक्नुभएका नायक सुनिल गुरुङलाई पनि देख्न सकिनेछ । पोखरामै एक दसक भन्दा धेरै समय देखी डान्स कोरियोग्राफी गराईरहनुभएका कोरियोग्राफर शुवाश राइले यस् भिडियोमा कोरियोग्राफि सम्हाल्नुभएको छ भने ताक्ला गुरुङले बिशेष सहयोग गर्नुभएको छ ।

आर्टिस्टनेपाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस् म्युजिक भिडियोको निर्देशन नव ढुङेलले गरेका हुन । निर्देशक ढुङेल मिडिया, प्रोडक्सन र एजेन्सीमा सकृय संस्था आर्टिस्टनेपालका निर्देशक पनि हुन । अमृत सुनुवारको छायाँकनमा माधव बेल्बासेले यस् भिडियोको सम्पादन गरेका छन । नायिका तथा गायिका मिरा गुरुङको यस एल्बम तथा भिडियोलाई आर्टिस्ट नेपाल डटकमले बजारमा ल्याएको हो ।

यस्तो छ भिडियो 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु